शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

हिमाली जिल्ला मुगुमा कांग्रेसका शाही झन्डै ४ हजार मतान्तरले निर्वाचित

शनिबार, १० मङ्सिर २०७९, १० : ५७
शनिबार, १० मङ्सिर २०७९

हिमाली जिल्ला मुगुको प्रतिनिधिसभा तर्फको अन्तिम नतिजा आएको  छ। जस अन्तर्गत गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका ऐनबहादुर शाहीले निर्वाचित भएका छन् । आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका राजबहादुर कार्कीलाई ३ हजार ९९४ मतान्तरले पराजित गर्दै शाही निर्वाचित भएका हुन् । 

शाहीको पक्षमा १४ हजार ७०२  मत आउँदा कार्कीको पक्षमा १० हजार ७०८ मत आएको छ ।  योसँगै कर्णालीमा प्रतिनिधि सभाको नतिजा आउने क्रम सकिएको छ । जसमा नेपाली कांग्रेसले ४ र माओवादीले ४, समाजवादीले ३ र राप्रपाले एक सिट जितेको छ । यस्तै नेकपा एमाले भने प्रतिनिधि सभामा शून्य भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप