सप्तरीमा आगलागीबाट कृषि फर्ममा लाखौँको क्षति
शनिबार, १० मङ्सिर २०७९, १५ : १३
छिन्नमस्ता गाउँपालिका– ६ खुदिबखारी सखडा सडक खण्डमा रहेको गोविन्दा कृषि तथा पशुपंक्षी फर्ममा शुक्रबार भएको आगलागीबाट लाखौँको क्षति भएको छ । आगलागीबाट तीन लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ ।
राति फर्ममा कोही नभएको बेला आगलागी भएको स्थानीयले बताए । स्थानीयवासी र इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले आगो निभाएका थिए । आगलागीबाट दुईवटा घर, १५ बोरा कुखुराको दाना, ५३ वटा दाना खुवाउने डिब्बा, ७५ थान स्टेन, २७ वटा कुखुरा, तार वाईरिंगसहित तीन लाखभन्दा बढीको धनमाल क्षति भएको फर्मका संचालक गोविन्दाकुमार मण्डलले जानकारी दिए ।
आगलागी कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सखडाका प्रहरी निरीक्षक शत्रुधन राउतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न