सुनसरीमा मतगणना रोकियो

सुनसरीमा मतगणना रोकिएको छ । नेपाली कांग्रेसले धाँधलीको आशंका जनाएपछि सुनसरी ४ को प्रतिनिधिसभा तर्फको मतगणना रोकिएको हो । मतगणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाइएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।
सोही विषयलाई लिएर नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुुर कार्कीले घटना छानबिनको मागसहित सर्वदलीय बैठकको माग गरेका छन् । सो पश्चात् मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ । सर्वदलीय बैठक डाकिएसँगै प्रतिनिधिसभा तर्फको मत गणना तत्कालका लागि रोकिएको छ ।
पछिल्लो मत परिणाम अनुसार कांग्रेस उम्मेदवार कार्की २३ हजार ४ सय ३९ मतका साथ झिनो अग्रतामा रहेका छन् । प्रतिस्पर्धी एमाले उमेदवार जगदीसप्रसाद कुसियैतले २३ हजार ३ सय ४१ मत ल्याएका छन् । कुसियत ९८ मतले अगाडि रहेका छन् । सुनसरी ४ को प्रतिनिधिसभा तर्फ ८ वटा वडाको मत गन्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीपीएका आधारमा विद्यार्थी भर्ना गर्दै सीटीइभीटी
-
पटक-पटक बिजुली गएपछि मध्यरातमा विद्युत् प्राधिकरण तालचोकका कर्मचारीको मापसे चेक
-
यातायातको सुविधासँगै मालिकाधुरी यात्रा सहज बन्यो
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो फल ?
-
लमजुङमा विद्युत् उत्पादन वृद्धि भएन
-
अरब सागरबाट भित्रियो जलवाष्पयुक्त हावा, कहाँ कहाँ छ वर्षाको सम्भावना ?