ट्रम्पले मध्यपूर्व टेक्नुअघि हमासले रिहा गरेका अलेक्जेन्डर फर्किए इजरायल
काठमाडौं । हमासले रिहा गरेपछि इजरायली–अमेरिकी बन्धक एडन अलेक्जेण्डर इजरायल फर्किएका छन् । २१ वर्षीय अलेक्जेण्डर गाजाको सीमा क्षेत्रमा विशिष्टट पैदल सैन्य इकाईमा सेवारत थिए ।
अक्टुबर ७ को आक्रमणका दौरान उनलाई हमासले नियन्त्रणमा लिई बन्धक बनाएको थियो । इजरायलले भनेको छ, ‘अलेक्जेन्डरको रिहाई गरे पनि हमासले युद्धविरामका लागि प्रतिवद्धता जनाएको छैन ।’
२५१ बन्धक मध्ये ५९ अझै गाजा मै रहेको बताइँदै छ । जसमा २४ जना जीवित रहेको हुनसक्ने अनुमान गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यपूर्व यात्रा मंगलबार सुरु हुँदैछ । उनले अलेक्जेन्डरको निर्धारित रिहाईलाई अतिउत्तम खबर भनी प्रतिक्रिया दिएका छन् ।
अलेक्जेन्डरको रिहायर ट्रम्पको आगमन पहिले सद्भावना स्वरुप गरिएको प्यालेस्टाइनी बरिष्ठ अधिकारीले बताएका छन् । यो रिहाइको उद्देश्य सहायता सम्झौतालाई सहज बनाउनका लागि रहेको बताइँदै छ । बीबीसीका अनुसार गाजामा दुई महिनाभन्दा अघिदेखि इजरायलले नाकाबन्दी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसईईमा जफत गरिएका मोबाइल नष्ट प्रकरण : क्षतिपूर्ति माग गर्दै सर्वोच्चमा रिट दर्ता
-
सिल्भर ट्रयाङ्गलले जोडिँदै पोखरा–भरतपुर–लुम्बिनी
-
भाषणमा रणनीतिक योजनाका ठुला गफ, प्राथमिकता कुल देउताका मन्दिर
-
रोनिश र तोशारा ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६’ घोषित
-
नेता भन्दा पनि जनता रिसाए भनेर चिन्ता गरौँ : सभापति थापा
-
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण