प्रेम सुवालको दाबी : मन्त्रीहरू नै भारतसँग मल किनेर कमिसन खान्छन्

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले सरकारका मन्त्रीहरू नै भारत सरकारसँग मल किन्ने र कमिसन खाने गरेको आरोप लगाएका छन् । उनले स्वदेशमै रोजगारी दिन सक्ने कानुन निर्माण गर्न आफूले संसद्मा आवाज उठाउने बताए ।
शनिबार भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ का मतदाताहरूलाई धन्यवाद दिन निकालिएको विजयी जुलुसपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘संसद् भनेको कानुन बनाउने ठाउँ हो, यदि एउटा कानुन राम्रो बनाउन सक्यौँ भने देशभरका मजदुर किसान, काम गरी खाने जनतालाई फाइदा हुन्छ । हाम्रै देशमा हाम्रो छोराछोरीलाई काम दिनुपर्छ भनेर कानुन बनायौँ भने हाम्रा युवाहरू अहिले ७०/८० लाख विभिन्न देशमा सस्तो ज्यामीको रूपमा गइरहेका छन्, उनीहरू जानुपर्दैन । हाम्रै देशमा काम दिनुपर्छ भनेर कानुन बनायौँ भने सबैले हाम्रै देशमा काम पाउँछन् । यस्तै आवाज हामीले संसद्मा उठाउने हो । हामीले मल कारखाना हाम्रै देशमा खोल्नुपर्छ भनेका छौँ तर मन्त्रीहरू नै भारतसँग किन्ने र पैसा खाने गर्छन् । उनीहरूको काम नै त्यही हो । हाम्रै देशमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्थाका लागि कानुन बनाउन आवाज उठाउनेछौँ ।’
नेता सुवालले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार नवराज गेलाललाई ३० हजार ७९३ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । सुवालले४२ हजार ७१६ मत ल्याए भने प्रतिस्पर्धी गेलालले ११ हजार ९६८ मत मात्रै ल्याए । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को २ मा नेपाल मजदुर किसान पार्टीकै सुरेन्द्रराज गेसाई विजयी भएका छन् भने १ को १ बाट भने नेपाली काँग्रेसका सुरेश श्रेष्ठ विजयी भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सुरु
-
फोन पे एपमार्फत बिना इन्टरनेट भुक्तानी गर्न सकिने
-
२० वर्ष सेवा गरेका प्राध्यापकहरु सम्मानित
-
जीडीपीमा सहकारीको योगदान २० प्रतिशत माथि छ : सचिव डा.रेग्मी
-
विमानस्थलको सुधार चित्त बुझ्दो छैन, अझै प्रयत्न गर्नुहोस् : मन्त्री किराँती
-
ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा आमा छोराको मृत्यु