मौद्रिक नीतिको तरङ्गले नेप्से सूचक ३२ अंकले बढ्यो, २ अर्बको कारोबार

साताको कारोबार को पहिलो दिन आइतबार नेप्सेमा ३२ अंकमाथिको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक ३२.४३ अंकले बढ्दै १९६५.९८ अंकमा उक्लिएको हो ।
आइतबार नै राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिकको समीक्षा गर्ने तयारी गरेसँगै सेयर बजारमा उत्साह देखिएको हो ।
बजारमा आज २ अर्बमाथिको कारोबार भएको छ । नेप्सेका अनुसार यस दिन २ अर्ब २ करोड ५४ लाख ९० हजार रुपैयाँ बराबरको ४२ लाख २३ हजार ८६७ कित्ता सेयर कारोबार भएको हो । २ अर्ब माथिको कारोबार लामो समयको अन्तरालमा भएको हो ।
आज सेयर बजारमा म्युचुअल फन्ड बाहेकका १२ वटा समूहको उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी माइक्रोफाइनान्स समूहको उपसूचक आज ३.०७ प्रतिशतले बढेको छ भने म्यानु एण्ड प्रो समूहको उपसूचक २.२१ प्रतिशतले बढेको छ । म्युचुअल फन्डको उपसूचक भने आज ०.९८ प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान बैठक : सन्दीपको निलम्बन फिर्ता गर्ने तयारी
-
अस्थायी प्रकृतिका शिक्षक नियुक्त गर्दा पैसा दिनुपर्ने विषयमा छानबिन गर्न निर्देशन
-
अस्ट्रेलियामा कार्यरत नेपाली नर्सले वृद्ध बिरामीहरुलाई थप्पड हानेको स्वीकार
-
महाकाली नदीमा फसेका मजदुरको उद्धार
-
खोप अभियान लक्षित समूहसम्म पुर्याउन आवश्यक : मन्त्री गिरी
-
काठमाडौंका मेयर र गभर्नर अधिकारीबीच भेटवार्ता