बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रतिनिधिसभामा बागमतीको नतिजा : ४ सिटमा खुम्चियो एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीको लहर

यी हुन् प्रतिनिधित्व गर्ने ३२ सांसद
आइतबार, ११ मङ्सिर २०७९, १५ : ५५
आइतबार, ११ मङ्सिर २०७९

मंसिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत बागमती प्रदेशको एक क्षेत्र बाहेक सम्पूर्ण जिल्लाको मतगणना सकिएको छ । प्रदेशका १३ जिल्लामध्ये दोलखामा अझै मतगणना सुरु हुन नसकेको हो भने अन्य सबै जिल्लाको मतपरिणाम सार्वजनिक भइसकेको छ । प्रतिनिधिसभातर्फको एउटा निर्वाचन क्षेत्र रहेको दोलखामा मतदानका क्रममा धाँधली भएको भन्दै मतगणना सुरु हुन नसकेको हो । एमालेले दोलखाका धाँधली भएका स्थानमा पुनः मतदान हुनुपर्ने माग गरेको छ । 

२०७४ को निर्वाचनमा बागमती प्रदेशबाट कांग्रेसले प्रतिनिधिसभामा बाम गठबन्धनका कारण ४ सिट मात्र जितेको थियो  । यस पटक भने १३ सिट जितेको छ । २०७४ मा बाम गठबन्धन हुँदा प्रदेशको आधा भन्दा बढी सिटमा जितेको एमाले अहिले घाटामा परेको छ । सो समयमा एमालेले बाम गठबन्धन हुँदा प्रदेशको २१ वटा सिटमा जितेको थियो । यो पटक एमाले ४ सिटमा मात्र सीमित भएको छ ।

यस्तै माओवादी केन्द्र पनि यस पटकको निर्वाचनमा ४ सिटमा सीमित भएको छ । यसअघिको निर्वाचनमा माओवादी केन्द्रले प्रदेशका ७ वटा क्षेत्रमा जितेको थियो । प्रतिनिधिसभाका ३२ क्षेत्रको मतगणना सकिँदा बागमती प्रदेशबाट कांग्रेस पहिलो दल बनेको छ ।  कांग्रेसले काठमाडौमा ५ तथा सिन्धुली, रामेछाप, रसुवा, नुवाकोट, भक्तपुर, ललितपुर, धादिङ र सिन्धुपाल्चोकमा एक–एक सिट जितेको छ ।

कांग्रेसपछि बागमती प्रदेशमा दोस्रो बढी सिट जित्ने पार्टी हो, राष्ट्रिय स्वतन्त्र पार्टी । सो पार्टीले प्रतिनिधिसभातर्फ बागमती प्रदेशको ७ क्षेत्रमा चुनाव जितेको छ । हालै स्थापना भएको सो पार्टीका पक्षमा लहर आएको हो ।  त्यस्तै एमाले काठमाडौं, मकवानपुर, ललितपुर, काभ्रेमा एकएक गरी ४ सिटमा सीमित भएको छ भने नेकपा माओवादी केन्द्रले सिन्धुली, नुवाकोट, काभ्रे र सिन्धुपाल्चोकमा एकएक सिट गरी ४ सिटमा जितेको छ । राप्रपाले  २ क्षेत्रमा जित्दा नेकपा एकीकृत समाजवादी र नेमपिपाले एक/एक क्षेत्रमा जित निकालेका छन् ।

कांग्रेसले काठमाडौंको १, ३, ४, ५ र १० नम्बर क्षेत्र, ललितपुर–२, धादिङ–२, नुवाकोट–२, सिन्धुपाल्चोक–२, सिन्धुली–२ र भक्तपुर–२ नम्बर क्षेत्रमा चुनाव जितेको हो । त्यस्तै कांग्रेसले एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवा र रामेछापमा पनि चुनाव जितेको छ ।  

प्रदेशको ७ क्षेत्रमा चुनाव जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको २, ६, ७, ८, ललितपुर–३, चितवनको १ र २ नम्बर क्षेत्रमा चुनाव जितेको छ ।

यस्तै एमालेले काठमाडौं–९, मकवानपुर–२, काभ्रे–२ र ललितपुर–२ नम्बर क्षेत्रमा जितेको छ । माओवादी केन्द्रले भने नुवाकोट–१, सिन्धुली–१, काभ्रे–१ र सिन्धुपाल्चोक–१ मा जितेको छ ।

यस्तै राप्रपाले मकवानपुर–१ र चितवन–३ मा चुनाव जितेको छ  भने एकीकृत समाजवादीले धादिङ–१ मा चुनाव जितेको छ । यस्तै नेपाल मजदुर किसान पार्टीले विगतको आफ्नो विरासत जोगाउँदै भक्तपुर–१ मा जित निकाल्न सफल भएको छ ।

यी हुन् बागमतीका विजयी सांसद र निकटतम् प्रतिद्वन्द्वी
काठमाडौं–१

प्रकाश मान सिंह– नेपाली काँग्रेस– ७१४३ (विजयी)

रवीन्द्र मिश्र– राष्ट्रिय प्रजातन्त्र पार्टी– ७०१८

काठमाडौं–२

सोविता गौतम– राष्ट्रिय स्वतन्त्र पार्टी– १५२३८ (विजयी)

मणिराम फुयाल– नेकपा एमाले– ११५६६

काठमाडौं–३

सन्तोष चालिसे– नेपाली काँग्रेस– १५१५८ (विजयी)

कृष्‍ण बहादुर राई– नेकपा एमाले– १११९६

काठमाडौं–४

गगन कुमार थापा– नेपाली काँग्रेस– २१३०२ (विजयी)

राजन भट्टराई– नेकपा एमाले– १३८५५

काठमाडौं–५

प्रदीप पौडेल– नेपाली काँग्रेस– १५२६९ (विजयी)

ईश्वर पोखरेल– नेकपा एमाले– १०१९०

काठमाडौं–६

शिशिर खनाल– राष्ट्रिय स्वतन्त्र पार्टी– १४२२१ (विजयी)

सर्वेन्द्र खनाल– नेकपा एमाले– ८९१७

काठमाडौं– ७

गणेश पराजुली– राष्ट्रिय स्वतन्त्र पार्टी– ८,७४३ (विजयी)

श्‍यामकुमार घिमिरे– नेकपा एमाले– ६,८००

काठमाडौं– ८

विराजभक्त श्रेष्ठ– राष्ट्रिय स्वतन्त्र पार्टी– १०,१०५ (विजयी)

सुमन सायमी– हाम्रो नेपाली पार्टी– ५,८८९ (विजयी)

काठमाडौं– ९

कृष्णगोपाल श्रेष्ठ– नेकपा एमाले– ११,९५६ (विजयी)

टेकबहादुर पोखरेल– राष्ट्रिय स्वतन्त्र पार्टी– १०,९६१

काठमाडौं– १०

राजेन्द्रकुमार के.सी.– नेपाली कांग्रेस– १४,४४८ (विजयी)

हिमेश के.सी.– नेकपा एमाले– ११,७८६

सिन्धुली– १

श्‍यामकुमार घिमिरे– नेपाली कांग्रेस– ३०,३९१ (विजयी)

प्रदिपकुमार कटुवाल क्षेत्री (केसी)– नेकपा एमाले– २५,५४६

सिन्धुली– २

लेखनाथ दाहाल– नेकपा माओवादी केन्द्र– २७,५१७ (विजयी)

मनोजजंग थापा– नेकपा एमाले– २१,६८७

रामेछाप– १

पूर्णबहादुर तामाङ– नेपाली कांग्रेस– ४७,०९८ (विजयी)

कैलाशप्रसाद ढुंगेल– नेकपा एमाले– ३०,७२९

सिन्धुपाल्चोक– १

माधव सापकोटा– नेकपा माओवादी केन्द्र– ३०,३७४ (विजयी)

सरेश नेपाल– नेकपा एमाले– २७,०१८

सिन्धुपाल्चोक– २

मोहनबहादुर बस्नेत– नेपाली कांग्रेस– ३९,३६७ (विजयी)

शेरबहादुर तामाङ– नेकपा एमाले– २७,४९३

काभ्रे– १

सूर्यमान तामाङ (दोङ)– नेकपा माओवादी केन्द्र– ३४,५१२ (विजयी)

रेशमबहादुर लामा– नेकपा एमाले– ३०,५४८

काभ्रे– २

गोकुलप्रसाद बाँस्कोटा– नेकपा एमाले– ४५,३४५ (विजयी)

शिवप्रसाद हुमागाईं– नेपाली कांग्रेस– ३९,४८२

ललितपुर– १

उदयशमशेर जबरा– नेपाली कांग्रेस– २३,८९२ (विजयी)

नवराज सिलवाल– नेकपा एमाले– १९,२७८

ललितपुर–२

प्रेमबहादुर महर्जन– नेकपा एमाले– १५,०२५ (विजयी)

सुदिन शाक्य– हाम्रो नेपाली पार्टी– ८,८८६

ललितपुर– ३

तोसिमा कार्की– राष्ट्रिय स्वतन्त्र पार्टी– ३१,१३६ (विजयी)

अमृत खड्का– नेकपा एमाले– १२,९६३

भक्तपुर– १

प्रेम सुवाल– नेपाल मजदुर किसान पार्टी– ४२,७६१ (विजयी)

नवराज गेलाल– नेकपा एमाले– ११,९६८

भक्तपुर– २

दुर्लभ थापा क्षेत्री– नेपाली कांग्रेस– २४,२३९ (विजयी)

महेश बस्नेत– नेकपा एमाले– २३,२८२

नुवाकोट– १

हितबहादुर तामाङ– नेकपा माओवादी केन्द्र– २६,५४८ (विजयी)

बद्री मैनाली– नेकपा एमाले– २३,४६३

नुवाकोट– २

अर्जुन नरसिंह के.सी.– नेपाली कांग्रेस– २८,१०७ (विजयी)

सुमनविक्रम पाण्डे– राष्ट्रिय स्वतन्त्र पार्टी– १६,४७७

रसुवा–१

मोहन आचार्य– नेपाली काँग्रेस– १८२३५ (विजयी)

छोवाङ तेन्जीन तामङ– नेकपा एमाले– ८६१४

धादिङ– १

राजेन्द्रप्रसाद पाण्डे– नेकपा एकिकृत समाजवादी– ३५,९३४ (विजयी)

भूमिप्रसाद त्रिपाठी– नेकपा एमाले– २७,९५३

धादिङ– २

रामनाथ अधिकारी– नेपाली कांग्रेस– ३४,६५७ (विजयी)

खेमप्रसाद लोहनी– नेकपा एमाले– २४,१४२

मकवानपुर– १

दिपकबहादुर सिंह– राष्ट्रिय प्रजातन्त्र पार्टी– २७,८१६ (विजयी)

महालक्ष्मी उपाध्याय डिना– नेपाली कांग्रेस– २५,४२३

मकवानपुर– २

महेशकुमार बर्तौला– नेकपा एमाले– ३४,९१६ (विजयी)

विरोध खतिवडा– नेकपा एकिकृत समाजवादी– ३०,३९६

चितवन– १

हरि ढकाल– राष्ट्रिय स्वतन्त्र पार्टी– ३४,१८९ (विजयी)

सुरेन्द्रप्रसाद पाण्डे– नेकपा एमाले– २६,६०८

चितवन– २

रवि लामिछाने– राष्ट्रिय स्वतन्त्र पार्टी– ४९,२६४ (विजयी)

उमेश श्रेष्ठ– नेपाली कांग्रेस– १४,९८३

चितवन– ३

विक्रम पाण्डे– राष्ट्रिय प्रजातन्त्र पार्टी– ३५,०५५ (विजयी)

डा. भोजराज अधिकारी– नेकपा माओवादी केन्द्र– २५,८२२

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप