कालोबजारी रोक्न स्थानीय प्रशासनलाई नेपाल कम्युनिस्ट पार्टीको ध्यानाकर्षण

नेपाल कम्युनिस्ट पार्टी जुम्लाले जिल्लामा व्याप्त कालोबजारी रोक्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ । नेकपाका जिल्ला ईन्चार्ज बिर्ख बहादुर शाही (प्रभाजित) र सेक्रेटेरी शक्त सिंह रोकाया (सफल) द्वारा हस्ताक्षरित ज्ञापनपत्रमार्फत प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको हो ।
२०७२ असोज १९ गतेपछि कर्णाली प्रदेश र विशेष गरी जुम्लामा ठुलो जनधनको क्षति हुनेगरी आएको बाढी पहिरोबाट जनताको जनजीवन कष्टकर भएको उल्लेख गर्दै ज्ञापनपत्रमा जुम्लावासीलाई हरेक क्षेत्रका माफियाबाट कष्टकर दैनिकी बनाएको भन्दै यस्तो परिस्थिति अन्त्यका लागि ज्ञापनपत्रमार्फत सो पार्टीले माग गरेको छ ।
जुम्लामा बाढी पहिरोको कारण देखाई हालसम्म पनि बजारमा कालोबजारी व्याप्त रहेको, विशेष गरी यातायातका साधनमा जुम्ला बजारदेखि नाग्म, नराकोट, गोठीज्यूला, दैलेख, सुर्खेत, नेपालगंज र काठमाण्डौंसम्मको गाडीभाडा अहिलेसम्मकै महँगो भएको सो पार्टीले जनाएको छ ।
विभिन्न बहानामा व्यापारीहरूले मनोगत मूल्यमा सामान बेचिरहेको, शान्ति सुरक्षाको अवस्था नाजुक रहेको तथा लागु औषध ओसारपसार एवं सेवन जस्ता विकृतिले जुम्ला जिल्लाको जनजीवन निकै डरलाग्दो बनेको नेकपाले ज्ञापनपत्रमा उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दबाबमा प्रधानमन्त्री
-
प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न महासचिव ‘विप्लव’ बालुवाटारमा
-
उमेश श्रेष्ठको पाँच पन्ने निवेदन : रवि उम्मेदवार नभएपछि मलाई निर्वाचित भएको घोषित गरियोस्
-
रास्वपा सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बन्यो
-
बागमती प्रदेशसभा : १६ सदस्यीय कार्य व्यवस्था परामर्श समिति गठन
-
परवेज मुशर्रफ : सेना प्रमुख देखि सैन्य ‘कू’ र पछि पाकिस्तान छोड्नेसम्मको यात्रा