धनुषा ४ मा रघुवीरभन्दा ६०२ मतले अघि लागे महेन्द्र
सोमबार, १२ मङ्सिर २०७९, ०९ : ५३

धनुषा ४ मा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले अग्रता बनाएका छन् । यादवले २६ हजार ९१४ मत पाउँदा एमाले सचिव रघुवीर महासेठले २६ हजार ३१२ मत ल्याएर पछ्याइरहेका छन् ।
आइतबार साँझबाट यादवलाई उछिनेका महासेठ सोमबार विहान ६०२ मतले पछाडि परेका छन् । मिथिला नगरपालिकाको गणना भइरहेको छ । यहाँ करिब १२ हजार मत गन्न बाँकी छ । स्थानीय निर्वाचनमा मिथिलाको मेयर कांग्रेस र उपमेयर एमालेले जितेको थियो । यहाँ नेकपा एकीकृत समाजवादीको मत निर्णायक छ ।
गठबन्धनका साझा उम्मेदवार यादवले एकीकृत समाजवादीको मत पाउँदा सहजै चुनाव जित्ने अवस्था छ । तर एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीको मत महासेठलाई गएको अवस्थामा यादवको जित कठिन हुने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीपीएका आधारमा विद्यार्थी भर्ना गर्दै सीटीइभीटी
-
पटक-पटक बिजुली गएपछि मध्यरातमा विद्युत् प्राधिकरण तालचोकका कर्मचारीको मापसे चेक
-
यातायातको सुविधासँगै मालिकाधुरी यात्रा सहज बन्यो
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो फल ?
-
लमजुङमा विद्युत् उत्पादन वृद्धि भएन
-
अरब सागरबाट भित्रियो जलवाष्पयुक्त हावा, कहाँ कहाँ छ वर्षाको सम्भावना ?