शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको मौसम पूर्वानुमान

मङ्गलबार, १३ मङ्सिर २०७९, ०६ : ०७
मङ्गलबार, १३ मङ्सिर २०७९

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका पहाडी भू-भागका केही स्थानहरुमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहेको छ। 

आज दिउँसो  प्रदेश नं १ तथा गण्डकी प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती  सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली रहनेछ।
 
तराई  भू-भागमा हुस्सु लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप