गोकर्णेश्वर र टोखामा भएका दुर्घटनामा दुईको मृत्यु

काठमाडौँको गोकर्णेश्वर र टोखामा सवारी साधन दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ भगवतीस्थानस्थित सडकमा बा ९ च ३३८२ नम्बरको कार र प्र–१–०२–००१ प २३३० नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालक खोटाङ घर भई काठमाडौँको कपन मिलनचोक बस्ने २६ वर्षीय रवि घिमिरेको गएराति मृत्यु भएको हो ।
दुर्घटनामा सख्त घाइते उहाँको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै टोखा नगरपालिका वडा नं ६ ग्रिनल्याण्ड हरीयाली बस्ती नजिक सडकमा बा ७४ प ५७५९ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक नुवाकोट पञ्चकन्या गाउँपालिका–४ बस्ने २६ वर्षीय सबिन कँडेलको गएराति मृत्यु भएको छ ।
दुर्घटनामा सख्त घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको भने धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याऔँ : महासचिव गौतम
-
के नेपालमा अमेरिकामा जस्तै साइबर हमला भएको हो ?
-
माग सम्बोधन नभएसम्म नागरिक उन्मुक्ति कुनै पनि सरकारमा सहभागी नहुने
-
पूर्वी युक्रेनमा रुसी आक्रमण, ३ जनाको मृत्यु
-
श्रीलङ्काको अर्थतन्त्र २०२४ सम्ममा सुधार हुन्छ : राष्ट्रपति विक्रमासिङ्घे
-
इरानमा दुई दिनमा तीन सडक दुर्घटना, ९ जनाको मृत्यु