स्थायी शिक्षक पदस्थापनमा असर पर्ने भन्दै शिक्षक सरुवामा रोक

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सरुवामा रोक लगाएको छ । देशभरका ७७ वटै शिक्षा विकास तथा समन्वय इकाई तथा सबै स्थानीय तहलाई निर्देशन दिँदै शिक्षक सरुवा नगर्न भनेको हो ।
शिक्षक सेवा आयोगले यतिबेला स्थायी शिक्षकको पदपूर्ति गर्दै आएको छ । खुला विज्ञापन तथा आन्तरिक प्रतियोगिताबाट स्थायी शिक्षकको पदस्थापन गर्ने कार्य अघि बढेको भन्दै केन्द्रले तत्काल शिक्षकको सरुवा नगर्न निर्देशन दिएको हो ।
देशभरका समन्वय इकाईहरूबाट विज्ञापन प्रयोजनका लागि केन्द्रमार्फत शिक्षक सेवा आयोगलाई पत्राचार गरिएको थियो । सोही आधारमा आयोगले शिक्षक पदपूर्तिको प्रक्रिया अगाडि बढाएको छ । माध्यमिक तहको भने शिक्षकको सिफारिस समेत गरिसकेको छ । आयोगको सिफारिसको आधारमा केन्द्रले नियुक्ति पत्र लिने प्रक्रिया अगाडि बढाएको छ ।
पदस्थापनको प्रक्रिया अघि बढेकाले रिक्त दरबन्दीमा कुनै पनि किसिमबाट सरुवा गरी स्थायी शिक्षक पदपूर्ति समेत नगर्नु/नगराउन केन्द्रले निर्देशन दिएको हो । शिक्षक सरुवा मात्र नभएर सरुवा सहमति समेत नदिन निर्देशन दिएको हो ।
अब शिक्षक सरुवा गरिएको खण्डमा पदस्थापनमा असर पर्ने भन्दै सरुवा नगर्न भनेको हो । उक्त निर्देशन विपरीत शिक्षकको सरुवा गरेर स्थायी शिक्षक पदस्थापनमा असर पर्न गएमा त्यसको जिम्मेवार सम्बन्धित इकाई र पालिकाले नै लिनुपर्ने केन्द्रले चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसंघका महासचिवद्वारा घृणायुक्त भाषण रोक्न आह्वान
-
इजरायली प्रधानमन्त्री नेतान्याहुले सुरक्षाबारे निर्णय लिँदै
-
बसको ठक्करबाट स्याङ्जामा एक बृद्धको मृत्यु
-
पत्रकार न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण
-
विकासप्रतिको चाहना वर्तमान सरकारले पूरा गर्छ : मन्त्री गिरी
-
दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन