इथालेन र डाइइथानाइल ग्लाईकोल मिसावट भएका औषधि रोक्न निर्देशन
मङ्गलबार, १३ मङ्सिर २०७९, १७ : १०
औषधि व्यवस्था विभागले इथालेन ग्लाईकोल र डाइइथानाइल ग्लाईकोल मिसावट भएका औषधि उत्पादन र बिक्री वितरण रोक्न निर्देशन दिएको छ । बालबालिकाहरूका लागि प्रयोग हुने झोल औषधिमा इथालेन ग्लाईकोल, डाइइथानाइल ग्लाईकोल जस्ता विषाक्त रसायन मिसिएको हुन सक्ने भएकाले यकिन गरेर मात्रै बिक्री गर्न विभागले निर्देशन दिएको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार जाम्बिया तथा इन्डोनेसिया लगायतका देशमा यस्ता खालका रसायन मिसिएर औषधि खाँदा धेरै बच्चाहरूको ज्यान गएको छ । यी रसायनयुक्त मिसावटले गर्दा बालबालिकाको मिर्गौलामा गम्भीर असर पुर्‍याएकाले उनीहरूको मृत्यु भएको डब्ल्यूएचओले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
-
कोशीको बजेट विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन
-
चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा
-
आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण