बिमवाङमा खेलमैदान निर्माण
म्याग्दी । मालिका गाउँपालिका–७ बिमवाङमा खेलमैदान निर्माण गरिएको छ ।
बिमवाङ युवा क्लबले दाताको सहयोग जुटाएर रु २१ लाखमा खरिद गरेको करिब नौ रोपनी जमिनमा खेलमैदान निर्माण गरिएको हो ।
क्लबका अध्यक्ष ओमकार गर्बुजाले भने, “क्लब, आमा समूहलगायत बिमवाङमा रहेका सङ्घ संस्था, स्वदेश तथा विदेशमा रहेका दाताबाट सहयोग जुटाएर जमिन खरिद गरेका हौँ ।”
उनले भने मैदानमा “क्रिकेट, ब्याडमिन्टन, भलिबल, बाँस्केटबल, फुटबल र एथलेटिक्स बिधाका खेल अभ्यास र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ ।”
क्लबका सचिव बिष्णु सुवेदीले यसअघि खेलमैदान अभावमा खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्न समस्या भएको थियो। खेलमैदान परिसरमा सार्वजनिक शौचालय, क्लवको भवनसहितको स्टेज र प्याराफिट निर्माणले पूर्णता पाएको छ । मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बिमवाङ खेलमैदान निर्माणका लागि रु तीन लाख बजेट विनियोजन गरेको वडाध्यक्ष टकलाल पुनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
-
'अपरेसन ईलिगल एजेन्ट क्लिन-अप' र स्थानीय तहबाटै श्रम स्वीकृति सहजीकरण
-
सवारी दुर्घटनाबाट हुने क्षति कम गर्न चुनौती
-
पश्चिम एसिया सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी
-
९७ प्रतिशत बालबालिकालाई दादुराविरूद्धको खोप
-
खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण