पहिलो सन्तानको तयारीमा सांगीतिक जोडी अर्जुन र दुर्गा
बुधबार, १४ मंसिर २०७९, ११ : ५५

चर्चित सांगीतिक जोडी गायिका दुर्गा खरेल र संगीतकार अर्जुन पोख्रेल आमाबुबा बन्ने भएका छन् । अर्जुनले सामाजिक सञ्जालमार्फत आफूहरू पहिलो सन्तानको माता–पिता बन्न तयार रहेको जानकारी दिएका हुन् । उनले पत्नी दुर्गा खरेलको एक तस्बिर पोष्ट गर्दै लेखेका छन्, ‘तिमीभित्र हाम्रो खुसी फुल्दैछ पियारी ।’
सामाजिक सञ्जालको पोष्टको बिषयमा अर्जुनसँग रातोपाटीले जिज्ञासा राखेको थियो । अढाई महिनाको प्रेग्नेंसी टाइम भएको र बच्चाको हार्टबिट महसुस गरेपछि यो खुशी सबैलाई शेयर गर्न मन लागेकोले सामाजिक सञ्जालबाट खुसी बाँडेको अर्जुनले बताए ।
अर्जुनको उक्त पोष्टमा धेरैले बधाई दिइरहेका छन् । अर्जुन र दुर्गाले गत २०७७ असारमा केही वर्षको प्रेमलाई विवाहमा परिणत गरेका थिए । अर्जुन नेपाली सांगीतिक क्षेत्रका चर्चित तथा व्यस्त संगीतकार हुन् । दुर्गा पनि गायनमा स्थापित नाम हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रमा पुरानै कार्यविभाजन ब्युँतियो
-
अमेरिकाले नेपालमा गरेको लगानीमा भूराजनीतिक सम्बन्ध छैन : सामन्था पावर
-
‘मेडिकल शिक्षाका विषय चिकित्सा शिक्षा आयोगलाई भारी’
-
सरकारी जग्गाको संरक्षणका लागि ‘एक्सन’मा उत्रिँदै वीरेन्द्रनगर नगरपालिका
-
बिहीबार माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्ने
-
हेल्मेटमा लुकाएको १८ लाखसहित दुईजना पक्राउ