शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको रुपैयाँसहित सशस्त्र प्रहरीद्वारा दुई जना नियन्त्रण

बिहीबार, १५ मङ्सिर २०७९, १८ : २९
बिहीबार, १५ मङ्सिर २०७९

रौतहट जिल्लाको  गौर नगरपालिका ५ स्थित बरहवा पुल इलाकाबाट मंसिर १४ गते सशस्त्र प्रहरीले ११ लाख ३९ हजार ८ सय नेपाली रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा रौतहट जिल्लाको गढीमाई नगरपालिका ४ संग्रामपुर बस्ने २९ वर्षीय राजु कुमार यादव र सोही नगरपालिका ९ बरियारपुर बस्ने ३३ वर्षिय राजेश प्रसाद यादव छन् । 

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले प्रदेश ३–०२–०१३  प ४९५६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुको साथमा फेला पारेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका उनीहरुलाई बरामद रुपैयाँ तथा मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप