सहकार्य गर्नेबारे देउवा र राउतबीच छलफल

निर्वाचनको परिणाम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनका लागि कसरत सुरु भएको छ । सत्तारुढ गठबन्धनलाई बहुमत पुर्याउन केही थप सिट आवश्यक देखिएको छ । त्यसका लागि पहिलो दल बन्न सफल नेपाली कांग्रेसले अन्य साना दलसँग छलफल तीव्र बनाएको हो ।
यसपटक निर्वाचनमा राम्रो प्रदर्शन गरेको जनमत पार्टी पनि केन्द्र सरकारमा सहभागी हुन आतुर रहेको छ । यसै क्रममा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । बिहीबार अपरान्ह बालुवाटारमा भएको भेटवार्तामा आपसी सहकार्यको विषयमा छलफल भएको बताइएको छ ।
भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले राउतलाई जीतको बधाइ दिँदै सरकार गठन गर्न गठबन्धनलाई सघाउन राउतसँग आग्रह गरेका थिए । जवाफमा राउतले गठबन्धनलाई सहयोग गर्न आफू सकारात्मक रहेको तर त्यसअघि आफूहरूको माग मुद्दामा गठबन्धन तथा सरकारको धारणा आउनु पर्ने बताएका थिए । राउतले यसअघि कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिलाई पनि भेट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याऔँ : महासचिव गौतम
-
के नेपालमा अमेरिकामा जस्तै साइबर हमला भएको हो ?
-
माग सम्बोधन नभएसम्म नागरिक उन्मुक्ति कुनै पनि सरकारमा सहभागी नहुने
-
पूर्वी युक्रेनमा रुसी आक्रमण, ३ जनाको मृत्यु
-
श्रीलङ्काको अर्थतन्त्र २०२४ सम्ममा सुधार हुन्छ : राष्ट्रपति विक्रमासिङ्घे
-
इरानमा दुई दिनमा तीन सडक दुर्घटना, ९ जनाको मृत्यु