दोलखामा मतगणना : माओवादी केन्द्रका कार्कीले लिए अग्रता
विहीबार, १५ मंसिर २०७९, २३ : ४९

दोलखामा प्रतिनिधिसभा सदस्यका लागि बिहीबार बेलुका ९ बजेबाट मतगणना सुरू भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार दोलखाको गौरीशङ्कर क्याम्पसमा ९ बजे मतगणना सुरू भएको हो । जिल्लाको गौरीशंकर गाउँपालिकाबाट सुरु गरिएको मतगणनाको पछिल्लो मतपरिणाम अनुसार सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीले अग्रता लिएका छन् ।
९११ मत गणना गर्दा कार्कीले ५३१ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार बालकृष्ण शिवाकोटीले २७४ मत पाएका छन् । त्यस्तै राप्रपाका विजय खड्काले १४ मत पाएका छन् । उता, राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले २२ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीकाली चौरबाट सुरु भयो ‘नम्बरी सुन’काे छायाङ्कन
-
अमूलको दूध प्रतिलिटर ३ भारुले महँगियो
-
खल्तीको नयाँ अफर सार्वजनिक, प्रयोगकर्ताले २ गुणा बढी फाइदा लिन सक्ने
-
चीनको ‘निगरानी बेलुन’ बारे अमेरिकामा चर्चा, छानबिनमा जुट्यो सरकार
-
बागमती सरकारको आम्दानी घट्दै, बजेट खर्च न्यून
-
ठेकेदारले समयमा काम नगर्दा स्थानीयलाई सास्ती