लगातार उकालो लाग्दै सुनको भाउ, ३ दिनमै बढ्यो १५ सय

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको जानकारी दिएको छ । महासंघले आजको भाउ तोक्दै लगातार तेस्रो दिन सुनको मूल्य बढेको र यस अवधिमा प्रतितोला १५ सय रुपैयाँले बढेको जानकारी दिएको हो ।
बुधबारदेखि बढ्न थालेको सुनको मूल्य आज शुक्रबार पनि बढेको महासंघले सार्वजनिक गरेको मूल्य सूचीमा उल्लेख छ । बुधबार सुनको मूल्य तोलामा २०० रूपैयाँले बढेको थियो । यस्तै, बिहीबार ५०० रूपैयाँले उकालो लागेको सुनको भाउ आज १ हजार रूपैयाँले बढेको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार १०० रूपैयाँ छ । यस्तै, तेजावी सुनको मूल्य तोलामा ९८ हजार ६०० रूपैयाँ छ । हिजो बिहीबार छापावाल सुनको मूल्य ९८ हजार १०० र तेजाबी सुनको मूल्य ९७ हजार ६०० रूपैयाँ थियो ।
यस्तै, यस अवधिमा चाँदीको मूल्य समेत प्रतितोला ६० रुपैयाँले बढेको छ । महासंघले बुधबारयता मात्रै चाँदीको भाउ ६० रूपैयाँले उकालो लागेको जानकारी दिएको छ । यससँगै, चाँदीको मूल्य तोलामा १३ सय ४५ रूपैयाँ पुगेको छ । आजै चाँदीको मूल्य तोलामा १५ रूपैयाँले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका
-
प्रहरीको ३० वर्षे हटाउने प्रस्ताव : घुमिफिरी रुम्जाटार
-
सरकारलाई खर्च जुटाउनै मुस्किल : अघिल्लो वर्षको १ खर्ब ८२ अर्बको टेको
-
संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने विषयमा सत्तारुढ दलबीचमै मत बाझियो
-
कांग्रेस दुई दर्जन केन्द्रीय सदस्यबीच छलफल, देउवालाई भेटेर ध्यानाकर्षण गराउने निर्णय
-
माओवादी पदाधिकारी बैठक : गृहमन्त्री माओवादीको हुनुपर्नेमा नेताहरुको जोड