बागमती प्रदेशका नवनिर्वाचित सांसदको शैक्षिक योग्यता : पीएचडी होल्डरदेखि अण्डर एसएलसीसम्म
बागमती प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित सांसदमध्ये अधिकांश स्नातक वा स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका छन् । नवनिर्वाचित प्रदेशसभा सदस्यमध्ये एक जनाले विद्यावारिधी (पीएचडी) गरेका छन् भने एक जना ‘अन्डर एसएलसी’ छन् ।
भक्तपुर क्षेत्र नम्बर–२ (क)बाट निर्वाचित एकीकृत समाजवादीका राजेन्द्रमान श्रेष्ठले विद्यावारिधी गरेका छन् । मकवानपुर क्षेत्र नम्बर १ (क) बाट निर्वाचित माओवादी केन्द्रका प्रेमबहादुर पुलामी अण्डर एसएलसीका हुन् । उनीहरु दुवै जना प्रदेशसभाको दोस्रो कार्याकालको यात्रामा छन् ।
निर्वाचन आयोगको तथ्याङ्क अनुसार बागमती प्रदेका १२ सांसदले स्नाकोतर (मास्टर्स) तहको शैक्षिक उपाधि प्राप्त गरेका छन् भने २१ जना स्नातक तह अथवा ब्याचलर (बीए÷बीएड)सम्मको अध्ययन गरेका छन् । १६ जनाले प्रविणता प्रमाणपत्र तह (प्रोफेन्सिएन्सी सर्टिफिकेट, प्लस टु, उच्च मावि, आइए), ९ जनाले एसएलसी, ३ जनाले एजुकेशन एन÷ए को शैक्षिक उपाधि पाएका छन् भने एक जना सांसदको शैक्षिक योग्यता खुलेको छैन ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण