शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशका नवनिर्वाचित सांसदको शैक्षिक योग्यता : पीएचडी होल्डरदेखि अण्डर एसएलसीसम्म

शुक्रबार, १६ मङ्सिर २०७९, १२ : ०६
शुक्रबार, १६ मङ्सिर २०७९

बागमती प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित सांसदमध्ये अधिकांश स्नातक वा स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका छन् । नवनिर्वाचित प्रदेशसभा सदस्यमध्ये एक जनाले विद्यावारिधी (पीएचडी) गरेका छन् भने एक जना ‘अन्डर एसएलसी’ छन् ।

भक्तपुर क्षेत्र नम्बर–२ (क)बाट निर्वाचित एकीकृत समाजवादीका राजेन्द्रमान श्रेष्ठले विद्यावारिधी गरेका छन् । मकवानपुर क्षेत्र नम्बर १ (क) बाट निर्वाचित माओवादी केन्द्रका प्रेमबहादुर पुलामी अण्डर एसएलसीका हुन् । उनीहरु दुवै जना प्रदेशसभाको दोस्रो कार्याकालको यात्रामा छन् ।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार बागमती प्रदेका १२ सांसदले स्नाकोतर (मास्टर्स) तहको शैक्षिक उपाधि प्राप्त गरेका छन् भने २१ जना स्नातक तह अथवा ब्याचलर (बीए÷बीएड)सम्मको अध्ययन गरेका छन् । १६ जनाले प्रविणता प्रमाणपत्र तह (प्रोफेन्सिएन्सी सर्टिफिकेट, प्लस टु, उच्च मावि, आइए), ९ जनाले एसएलसी, ३ जनाले एजुकेशन एन÷ए को शैक्षिक उपाधि पाएका छन् भने एक जना सांसदको शैक्षिक योग्यता खुलेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप