माओवादीसँग एकताबारे कुनै वार्ता भएको छैन : एकीकृत समाजवादी
शुक्रबार, १६ मंसिर २०७९, १८ : ००

नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग एकताका लागि कुनै छलफल नभएको स्पष्ट गरेको छ। सञ्चारमाध्यममा दुई पार्टीबीच एकता हुन लागेको भनेर प्रचार भइरहेपनि त्यसमा कुनै सत्यता नरहेको एकीकृत समाजवादीको भनाइ छ ।
‘नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनु पर्ने आवश्यकता छ भन्नेमा हामी प्रष्ट छौँ । तर अहिले त्यस सम्बन्धमा निर्णय त के कुनै छलफल, वार्ता वा सम्वाद केही पनि भएको छैन’, एकीकृत समाजवादीका महासचिव डा.बेदुराम भुसालले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकाले त्यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ता गठबन्धनलाई सुदूरपश्चिमबाट धक्का : कांग्रेसको नेतृत्वमा नयाँ सरकार
-
टर्कीका भूकम्प पीडितका लागि इस्लामी संघले राहत सामाग्री पठायो
-
एमालेका नेता र उर्मिला अर्यालको नाम माओवादीले केन्द्रीय सदस्यको सूचीबाट हटायो
-
रास्वपा, जसपा र उन्मुक्तिलाई सरकारमा ल्याउने प्रयास जारी छ : एमाले
-
एमाले सरकार ढलेपछि नागरिक उन्मुक्ति पार्टीले भन्यो– सुदूरपश्चिम सरकारमा भूकम्प गयो
-
महरा नेतृत्वको वार्ता टोलीले कर्णजीत बुढा नेतृत्वको पार्टीसँग गर्यो वार्ता