निर्वाचन आचारसंहिता उल्लंघनमा सहरी विकासमन्त्री चौधरीले बुझाए २५ हजार जरिवाना
सोमबार, १९ मंसिर २०७९, १६ : १०

सहरी विकासमन्त्री मेटमणि चौधरीले निर्वाचन आचारसंहिता उल्लंघन कसुरबापतकाे जरिवाना रकम बुझाएका छन् । दाङ–१ स्थित निर्वाचन क्षेत्रमा आचारसंहिता विपरीत बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित पार्न खोजेको भन्दै निर्वाचन आयोगले चुनावअघि स्पष्टीकरणसहित २५ हजार रुपैयाँ जरिवाना गरेको थियो ।
मन्त्री चौधरीले जरिवाना रकम बुझाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । चौधरी जरिवाना बुझाउने बहालवाला पहिलो मन्त्री हुन् । आयोगले स्वास्थमन्त्री भवानी खापुङलाई पाँच जरिवाना गरे पनि बुझाएका छैनन् । -न्युज कारखाना