अफगानिस्तानमा खचाखच भरिएको बसमा बम विस्फोट हुँदा ७ जनाको मृत्यु
उत्तरी अफगानिस्तानको सबैभन्दा ठूलो सहरमा खचाखच भरिएको बसमा काम गर्न जाँदै गरेका पेट्रोलियम कम्पनीका सात कर्मचारीको सडक किनारमा भएको बम विस्फोटमा मृत्यु भएको छ ।
गत वर्षको अगस्टमा सत्तापलटपछि तालिबानले राष्ट्रिय सुरक्षामा सुधार गरेको दाबी गरे पनि त्यहाँ दर्जनौं बम विस्फोट र आक्रमणहरू भएका छन् । तीमध्ये धेरै आक्रमण इस्लामिक स्टेट समूहको स्थानीय शाखाले दावी गरेको छ ।
सुन्दर निलो मस्जिदका लागि प्रसिद्ध प्राचीन सहर मजार ए शरिफमा सो हमला भएको थियो । ुमैले मेरो फोनको स्क्रिनमा कुरान पढिरहेको थिएँ र त्यहाँ बम आयोु, दुर्घटनामा बाँचेका अजिम नाम गरेका एक व्यक्तिले भने । उनको दाहिने खुट्टा छर्राले चोट लागेको थियो । दुर्घटनाको समयमा बसमा ५२ जना मानिस थिए ।
‘बम सडकको छेउमा एउटा गाडीमा राखिएको थियो। बस आइपुग्दा विस्फोट गराइएको थियो’, उनले भने । आक्रमणको कुनै समूहले जिम्मा लिएको छैन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको मौसम र अहिलेको राजनीति उस्तैउस्तै होः अध्यक्ष नेपाल
-
विकराल बन्दै डढेलो
-
काठमाडौँमा 'सफल ह्याप्पी काउ मिल्क' उपलब्ध
-
सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अमिनविरुद्ध आरोपपत्र दायर
-
गाउँपालिका उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?