चुनावमा अन्तर्घात गरेको भन्दै माओवादीका २ पोलिटब्युरो सदस्यलाई कारबाहीको सिफारिस
नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य अचुतम काफ्ले र रामेश्वर राय यादवले अन्तर्घात गरेको भन्दै कारबाही सिफारिस भएको छ ।
प्रदेश र प्रतिनिधि सभा चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउने भन्दा एमालेका उम्मेदवारलाई भुमिका खेलेको भन्दै माओवादी दुई नेतालाई कारबाही सिफारिस भएको हो ।
माओवादी केन्द्र बागमती, हरिवन, बरहथवा नगरपालिकासहित चक्रघट्टा गाउँपालिका सहित चार स्थानीय तह कमिटीले २ जनालाई कारबाही सिफारिस गरेको एक नेताले बताए । माओवादीका यादवले एमालेका हरिप्रसाद उप्रेतीलाई भोट मागेर हिडेकाले कारबाही सिफारिस भएको ति नेताले बताए । ‘यादव जीले सर्लाही ३ बाट उम्मेदवार भएका एमालेका उम्मेदवार हरि उप्रेतीलाई भोटै मागेर हिड्नुभयो । माओवादीका नरेन्द्र कलवार साहलाई भोट नदिनु भनेर हिड्नुभयो’ ति नेताले भने, ‘अचुतम काफ्लेले पार्टीका उम्मेदवारलाई भोट नमागे निष्क्रिय भई बसेको भनेर कारबाही सिफारिस भयो ।’
माओवादी चार पालिकाले पार्टीका २ पोलिटब्युरो सदस्यलाई पार्टीबाट किन कारबाही नगर्ने भन्दै प्रदेश कमिटी र पार्टी केन्द्रलाई सिफारिस गरेको हो । काफ्ले माओवादी सर्लाही जिल्ला इन्चार्ज हुन भने यादव यसअघि संघीय सांसद समेत हुन् ।
अहिले समानुपातिक सांसदमा बसेपछि प्रत्यक्षमा नरेन्द्र कलवार साहलाई टिकट दिएर पठाएको थियो । यादव यसअघि संघीय सरकारका श्रम मन्त्री समेत भएका थिए । तर माओवादीका मधेस प्रदेश इन्चार्ज गणेश साहले चुनावमा अन्तर्घात गरेको भन्दै कुनै नेताको नाम सिफारिस भई आइनसकेको बताए ।
‘अहिलेसम्म चुनावमा अन्तर्घात गरेको भन्दै कुनै नेताको नाम म कहाँ आइसकेको छैन’ साहले भने, ‘यदी सिफारिस भएर आयो भने छानविन हुन्छ । दोषी देखिएमा कारबाही गर्छौ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए