वर्षमान पुनको क्वारेन्टिनमा उपचार सुरु
विहीबार, २२ मंसिर २०७९, ११ : ३२

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तको चीनमा क्वारेन्टिनमा उपचार सुरु गरिएको छ । पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालको क्वारेन्टिनमा उपचार सुरु भएको हो ।
चौथौ लहरको कोरोना महामारीका कारण त्यहाँ कडा लकडाउन छ । पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित छन् । चुनावी धेपेडीका कारण रोग बल्झिएपछि उनी नेपाली चिकित्सकहरुको परामर्शमा शुक्रबार फलोअप उपचारका लागि दुवई, ग्वान्झाओ हॅुदै सेन्जेन प्रस्थान गरेका थिए । पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ ।
पुन पत्नीसमेत रहेकी पूर्वसभामुख ओनसरी घर्तीले स्वास्थ्यमा सामान्य सुधार भएको बताइन् । नेपालबाट जाँदा जण्डिसको मात्रा (बिलरुबिन) २७ रहेकामा अहिले घटेर २४ मा आएको जानकारी घर्तीले दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्र र माओवादी समाजवादीबीच पार्टी एकता हुने
-
राष्ट्रपतिमा सबैलाई मान्य हुने पात्रको खोजी गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
-
साफ यू–२० फाइनल : नेपालविरुद्ध बंगलादेशलाई पहिलो हाफमा २–० गोलको अग्रता
-
विश्वासको मत नपाएपछि मुख्यमन्त्री रावलले बुझाए राजीनामा
-
सुदूरपश्चिमबाट पुरानो गठबन्धन ब्युँतिने संकेत, माओवादी सकारात्मक
-
नियमावली मस्यौदा समिति : भर्चुअल बैठकले पनि मान्यता पाउने, लबि रिपोर्टिङको व्यवस्था