फेरि ह्वात्तै बढ्यो सुनको मूल्य
काठमाडौँ । तोलामा १ लाख ३९ हजार ३ सय रुपैयाँको उच्च रेकर्ड राखेको सुनको मूल्य यसै साता घटेर १ लाख ३५ हजार ५ सय रुपैयाँमा झर्यो । यो साता सुनको मूल्यमा प्रतितोला ३ हजार ८ सय रुपैयाँको गिरावट आयो ।
तर यो साताको अन्तिम कारोबारका दिन शुक्रबार (आज वैशाख १४ गते) सुनकाे मूल्य १ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको हो । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी तेजावी सुनको मूल्य पनि आज तोलामा १४ सय रुपैयाँले नै बढ्दै १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँले बढ्दै १ हजार ६ सय ७५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ६ सय ५५ रुपैयाँमा करोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण