नेता निधि र स्वीस राजदूतबीच भेटघाट

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भन क्यापिलरबीच शिष्टाचार भेटवार्ता भएको छ । निधि निवास नयाँ बानेश्वरमा बिहीबार भएको भेटमा हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, संविधान कार्यान्वयनलगायतका विषयमा कुराकानी भएको थियो ।
स्वीस राजदूत एलिजावेथले नेपालको सङ्घीय शासन प्रणाली र संविधानको सफल कार्यान्वयनका लागि सहयोग गर्न स्वीस सरकार सधैँ तयार रहेको बताएको नेता निधिको सचिवालयले जनाएको छ । नेता निधिले सङ्घीयता र नेपालको विकासमा स्वीस सरकारले गरेको सहयोगका लागि धन्यवाद दिए ।
भेटमा स्वीस राजदूतले नेपालमा कृषि, जलविद्युतलगायत क्षेत्रमा थप लगानी भित्र्याउन लगानीमैत्री वातावरणमा जोड दिए । नेता निधिले अल्पविकसित मुलुकको सूचीबाट स्तरोन्नतिको तयारीमा रहेको नेपालको विकास निर्माणमा स्वीस सरकारको थप सहयोगका लागि आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याऔँ : महासचिव गौतम
-
के नेपालमा अमेरिकामा जस्तै साइबर हमला भएको हो ?
-
माग सम्बोधन नभएसम्म नागरिक उन्मुक्ति कुनै पनि सरकारमा सहभागी नहुने
-
पूर्वी युक्रेनमा रुसी आक्रमण, ३ जनाको मृत्यु
-
श्रीलङ्काको अर्थतन्त्र २०२४ सम्ममा सुधार हुन्छ : राष्ट्रपति विक्रमासिङ्घे
-
इरानमा दुई दिनमा तीन सडक दुर्घटना, ९ जनाको मृत्यु