नेपालद्वारा स्कटल्याण्डसामु १२० रनको चुनौती
आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजको चौथो तथा अन्तिम खेलमा नेपालले स्कटल्याण्डसामु जितका लागि एक सय २० रनको चुनौती प्रस्तुत गरेको छ ।
नामिबियाको युनाइटेड क्रिकेट मैदानमा आज टस जितेर पहिले व्याटिङ गर्दै नेपालले ३५ दशमलव तीन ओभरमा सवै विकेट गुमाउँदै ११९ रन मात्र बनायो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४७ रनको योगदान दिए । उनले ५७ बल खेल्दै दुई छक्का र चार चौका प्रहार गरे । त्यसैगरी सोमपाल कामीले १६, ललित राजवंशीले ११ तथा दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए । ज्ञानेन्द्र मल्लले नौ रन जोड्दा आरिफ शेखले छ तथा गुल्सन झाले पाँच रन बनाए । त्यस्तै आरिफ शेख एक रनमा आउट भए ।
बलिङतर्फ स्कटल्याण्डका ब्रान्डोन म्याकमुलेन, सफियान सारिफ र मार्क वाटले समान दुई दुई विकेट झारे । त्यस्तै कृस सोले, क्रिस्टोफर म्याकब्राइड र क्रिस ग्रेभ्सले समान एक एक विकेट लिए । जारी सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्ड सहभागी छन् । स्कटल्याण्डले केहीबेरमा नेपालविरुद्ध जवाफी व्याटिङ थाल्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
शिक्षक र कर्मचारीलाई पार्टीको सदस्यबाट राजीनामा गर्न अल्टिमेटम
-
आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकासका लागि प्रतिबद्ध छौँ : गभर्नर अधिकारी
-
विश्वभर २८ करोड २० लाख मानिस भोकमरीको चपेटामा