राजनीतिक भ्रष्टाचार नियन्त्रण पेचिलो बन्यो– अध्यक्ष प्रधानाङ्ग

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले राजनीतिक भ्रष्टाचार नियन्त्रण पेचिलो बन्दै गएको दावी गरेकी छिन् । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाङ्गले भनिन्–‘राजनीतिक भ्रष्टाचार नियन्त्रण नेपालको सन्दर्भमा सबैभन्दा पेचिलो बनेको छ ।’
सर्वेक्षणले भ्रष्टाचार संस्थागत हुँदै गएको देखाएको उल्लेख गर्दै प्रधानाङ्ग भन्छिन्– ‘मन्त्रिपरिषदले गरेको निर्णय अख्तियारले छानबिन गर्न नपाउँदा ठूला निर्णय मन्त्रिपरिषदबाट हुने गरेका छन् ।’ निर्माण कार्य र सार्वजनिक खरिदमा हुने भ्रष्टाचार विरुद्ध राज्यले थप कडाइ गर्न जरुरी रहेको उनले बताइन् ।
उनले भनिन्–‘ओम्नि, सेक्युरिटी प्रेस र वाइडबडी जहाज प्रकरणमा भएको भ्रष्टाचारबारे अख्तियारले छिटो निर्णय गर्नुपर्छ ।’ पद्मिनी प्रधानाङ्गले सुराकी संरक्षण र कसुरजन्य सम्पति सम्बन्धी कानुन चाँडो बन्नुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायिका एलिना चौहान भन्छिन्–अहिले त मेरो नामै धोकेबाज रे !
-
साथीको नामको फेसबुक आइडी बनाएर ठगेको आरोपमा युवती पक्राउ
-
भारतलाई हराउँदै नेपाल महिला यु–२० च्याम्पियनसिपको फाइनलमा
-
डिजिटल वित्तीय कारोबार बढ्दै, मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड कट्यो
-
नियुक्त भएको २८ दिनमा मधेस प्रदेशमा मुख्यमन्त्रीले दिए मन्त्रिपरिषद्लाई पूर्णता
-
नौ महिनामा संघीय निजामती सेवा ऐनमा थारु क्लस्टर छुट्याउन सर्वोच्चको परमादेश