कारबाहीबाट जोगिन धमाधम राजीनामा
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थामा कर्मचारीले धमाधम राजीनामा दिन थालेका छन् । नक्कली शैक्षिक प्रमाणपत्रका विषयमा छानबिन हुन थालेपछि राजीनामा दिने बढेको संस्था स्रोतले जनाएको छ। आन्तरिक बढुवाका लागि निर्धनका अधिकांश कर्मचारीले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । राष्ट्र बैंकले शैक्षिक प्रमाणपत्रमाथि प्रश्न उठाएपछि राजीनामा दिनेको सङ्ख्या बढेको हो।
आइतबारसम्ममा सहायक महाप्रबन्धक राजनारायण दासदेखि सहायक स्तरका ३७ कर्मचारीले राजीनामा दिइसकेका छन् । कर्मचारीले बढुवाका लागि छिमेकी भारतबाट अध्ययन गरेको शैक्षिक प्रमाणपत्र पेस गरेको राष्ट्र बैंकको अनुसन्धानबाट देखिएको छ। त्यसरी भारतबाट अध्ययन गरिएका भनिएका शैक्षिक प्रमाणपत्रको त्रिभुवन विश्वविद्यालयबाट 'इक्वुभ्यालेन्टस' नगरिएको राष्ट्र बैंकले जनाएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा २४.६३ अंकको गिरावट, नेप्से २६ सय नजिक
-
एक महिनासम्म किन केन्द्रमा पुगेन कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवरण ?
-
देशैभर किन झ्याप्प–झ्याप्प गइरहेको छ बिजुली ?
-
सिलिचोङमा पहिरो : विस्थापितको सङ्ख्या २८, विद्युत सेवा अवरूद्ध, ६ सय घर अन्धकारमा
-
विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था
-
लागुऔषधसहित पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण