बदर मत २०४८ यताकै बढी
गत वै शाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन २०७९ मा बदर मतको प्रतिशत उल्लेख्य बढे पछि निर्वाचन आयो गले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार तथा राजनीतिक दल मात्रै को निर्वाचन चिह्न हुने गर मतपत्र तयार पारे पनि आयो गले अपेक्षा गरे अनुसार बदर मत प्रतिशत घटेन ।
२०४८ यताका निर्वाचनमा २०७९ मङ्सिर को निर्वाचनको बदर मत प्रतिशत सबै भन्दा बढी ५ दशमलव १९ र २०५६ को निर्वाचनमा सबै भन्दा कम २ दशमलव ७५ प्रतिशत रहेको थियो ।
जिल्लागत आधार मा हेर्दा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा बाँके जिल्लामा करिब १० प्रतिशत मत बदर भएको पाइएको छ । प्रतिनिधि सभाको समानुपातिकमा ७.४७ प्रतिशत मत बदर भएको बाँके जिल्लामा प्रदेशतर्फको समानुपातिकमा ९.४५ प्रतिशत मत बदर भएको हो ।
प्रमुख निर्वाचन आयुक्त दिने शकुमार थपलियाले भन्नुभयो , “बदर मतको प्रतिशत सो चे भन्दा पृथक नै आयो , कारण खोतल्न सके का छै नौ ।” प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ५.१९ प्रतिशत मत बदर भएका छन् ।
२०७४ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समग्रमा ५.१८ प्रतिशत मत बदर भएको थियो । प्रदेश सभाको प्रत्यक्षतर्फ बदर मत ६.५५ प्रतिशत छ । प्रतिनिधि सभाको समानुपातिकतर्फ ५.०९ प्रतिशत र प्रदेश सभाको समानुपातिकतर्फ ४.०७ प्रतिशत मत बदर भएका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हालान्डको नर्वेलाई रोक्ने आइभोरी कोस्टको नयाँ हतियार
-
सेयर बजारमा २४.६३ अंकको गिरावट, नेप्से २६ सय नजिक
-
एक महिनासम्म किन केन्द्रमा पुगेन कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवरण ?
-
देशैभर किन झ्याप्प–झ्याप्प गइरहेको छ बिजुली ?
-
सिलिचोङमा पहिरो : विस्थापितको सङ्ख्या २८, विद्युत सेवा अवरूद्ध, ६ सय घर अन्धकारमा
-
विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण