४० दलले गुमाए धरौटी
गत ४ मंसिरमा सम्पन्न आमनिर्वाचन क्रममा कुल सदर मतको १० प्रतिशत प्राप्त गर्न नसकेका ४ हजार २ सय ८५ उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभातर्फ २ हजार ४ सय ११ र प्रदेशसभामा ३ हजार २ सय २४ गरी ५ हजार ६ सय ३५ उम्मेदवारी परेकोमा दुवैतर्फ गरी ४ हजार २ सय ८५ जनाको जमानत जफत भएको जनाएको हो ।
आयोगका अनुसार प्रतिनिधिसभातर्फ उम्मेदवार १ हजार ७ सय ७२ पुरुष र १ सय ८९ महिला गरी १ हजार ९ सय ६१ जनाको धरौटी जफत भएको छ । आयोगका अनुसार प्रदेशसभातर्फ २ हजार ८६ पुरुष, २ सय ३७ महिला र एक अन्य गरी कुल २ हजार ३ सय २४ जनाको धरौटी जफत भएको छ ।
यो संख्या कुल उम्मेदवारको ७६ प्रतिशतभन्दा बढी हो । आयोग प्रमुख आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि तथा प्रदेशसभा दुवैतर्फ गरी ४ हजार २ सय ८५ उम्मेदवारको धरौटी जफत भएको जानकारी दिए ।
निर्वाचन कानुनअनुसार प्रत्यक्षतर्फ खसेको कुल सदर मतको १० प्रतिशत पाउन नसक्ने उम्मेदवारको धरौटी जफत हुन्छ । यसैगरी, समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि प्रतिनिधिसभामा ४० दलको धरौटी जफत भएको छ । यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हालान्डको नर्वेलाई रोक्ने आइभोरी कोस्टको नयाँ हतियार
-
सेयर बजारमा २४.६३ अंकको गिरावट, नेप्से २६ सय नजिक
-
एक महिनासम्म किन केन्द्रमा पुगेन कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवरण ?
-
देशैभर किन झ्याप्प–झ्याप्प गइरहेको छ बिजुली ?
-
सिलिचोङमा पहिरो : विस्थापितको सङ्ख्या २८, विद्युत सेवा अवरूद्ध, ६ सय घर अन्धकारमा
-
विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण