मेलम्चीको साढे तीन करोड लिटर पानी वितरण भएन
सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाडौं उपत्यकाका लागि ल्याइएको ३ करोड ५० लिटर खानेपानी काठमाडौं उपत्यकामा अझै वितरण भएको छैन । लम्चीको पानी सुरुङमार्ग हुँदै तेस्रोपटक राजधानी आएको ८ दिनसम्म सबै वितरण हुन नसकेको हो । गत १८ मंसिरमा मेलम्ची खोलाको १७ करोड ५० लाख लिटर पानी राजधानी आएको थियो ।
यसको ६ दिनपछि अर्थात् २३ मंसिरदेखि राजधानीका धारामा तेस्रोपटक मेलम्चीको पानी वितरण सुरु भएको थियो । पानी वितरण सुरु भएको ८ दिनमा पनि पुरै पानी राजधानीबासीलाई वितरण हुन सकेको छैन ।
६ महिनासम्म बन्द रहेको वितरण सञ्जालमा आएको समस्याका कारण पुरै पानी वितरण गर्न नसकिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल०ले जनाएको छ । मेलम्ची खोलाबाट २६।५ किलोमिटर सुरुङमा हाली सुन्दरीजल प्रशोधन केन्द्रमा ल्याइएको १७ करोड ५० लाख लिटरमध्ये हाल १४ करोड लिटर पानीमात्र राजधानीमा वितरण भइरहेको छ ।
केयूकेएल आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको नयाँ वितरण सञ्जालमा नियमित पानी नहाल्दा केही ‘भल्व’मा ‘सिक्वेन्स’ मिलाउन समय लागेको जनाइएको छ । १७ करोड ५० लाख लिटर पानी वितरण गर्न अझै केही दिन लाग्ने केयूकेएलले जनाएको छ ।
काठमाडौंबासीले पनि नियमित रूपमा आउँदै गरेको पानी पनि वितरण प्रभावित भएको भन्दै गुनासो गरेका छन् । मेलम्चीबाट पानी ल्याएर प्रशोधन गरिने सुन्दरीजल क्षेत्रका स्थानीयबासीले पनि पानी नपाएको गुनासो गरेका छन् । यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हालान्डको नर्वेलाई रोक्ने आइभोरी कोस्टको नयाँ हतियार
-
सेयर बजारमा २४.६३ अंकको गिरावट, नेप्से २६ सय नजिक
-
एक महिनासम्म किन केन्द्रमा पुगेन कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवरण ?
-
देशैभर किन झ्याप्प–झ्याप्प गइरहेको छ बिजुली ?
-
सिलिचोङमा पहिरो : विस्थापितको सङ्ख्या २८, विद्युत सेवा अवरूद्ध, ६ सय घर अन्धकारमा
-
विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण