पटुकीका पैसाले वृद्धाको लियो ज्यान
काठमाडौँको तारकेश्वर नगरपालिका–६, पुसलकी ९० वर्षीया डिल्ली पुतुवारको हत्या गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । तारकेश्वर–६ का ३९ वर्षीय नरेन्द्र शिवभक्ति पक्राउ परेका हुन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ । महिलाको शव प्रहरीले मङ्सिर २२ गते तारकेश्वर नगरपालिका–३, पारिवन पाखा सामुदायिक वनको खोल्सामा फेला पारेको थियो ।
प्रहरीसँगको बयानमा शिवभक्तले मृतक वृद्धाले चिसापानी चप्पल कारखानामा राहत लिन जान आफूसँग सहयोग मागेको र बाटोमा जाँदै गर्दा लुटपाट गर्ने उद्देश्यले हत्या गरेको स्वीकार गरेका छन् ।मृतक वृद्धा आँखासमेत देख्न नसक्ने र साथमा एक लाख रुपियाँभन्दा बढी बोकेर हिँडने गरेको जानकारी पाएपछि उनले हत्या गर्ने योजना बनाएको बयानका क्रममा बताएका छन् ।वृद्धा महिलालाई जङ्गलमा पुगेपछि शिवभक्तले ढुङ्गाले टाउको र घाँटीमा प्रहार गरी हत्या गरेका थिए । हत्यापछि शवलाई खोलामा फ्याँकेर वृद्धाको पटुकीमा भएको अन्दाजी ४५–५० हजार रुपियाँ लिएर शिवभक्त घर आई परिवारसहित ससुराली पुगेका थिए । आजको गोरखपत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँप पकाउन क्याल्सियम कार्बाइड प्रयोग नभएको पुष्टि
-
‘असारे पानी साउने झरी’ मा सन्दीप र बिनाको रोमान्स
-
एसेट म्यानेजमेन्ट कम्पनी : बैंकिङ क्षेत्र सुधार्ने सरकारको ‘एक्सन प्लान’
-
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठुलो गिरावट
-
होटल संघ नेपालको बागमती प्रदेश तदर्थ समिति अध्यक्षमा रामसुन्दर बके मनोनीत
-
ट्रम्पलाई ठुलो झट्का : यौन दुर्व्यवहार मुद्दा उल्ट्याउन सर्वोच्च अदालतद्वारा अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण