इतर समूहको साझा उम्मेदवार तय गर्न बैठक जारी
मङ्गलबार, ०५ पुस २०७९, १२ : ४५
गगन थापालाई कांग्रेसको इतरपक्षबाट संसदीय दलको निर्वाचनमा साझा उम्मेदवार बनाउनेबारे निर्णय लिन बैठक सुरु भएको छ । सिंहदरबार नजिकैको होटल बसेरामा बैठक बसिरहेको हो ।
बैठकमा महामन्त्री थापालाई संसदीय दलको साझा उम्मेदवारको रुपमा नेता शेखर कोइरालाले प्रस्ताव गर्नेछन् ।
यसअघि होटल एम्बासडरमा बसेको इतर पक्षको बैठकले गगनलाई साझा उम्मेदवार बनाउने निर्णय गरेको थियो । सोहीअनुसार शेखरले आफ्नो दाबी छाडेका थिए । बैठकमा इतरपक्षका सबै सांसदको उपस्थिति रहेको छ।
कांग्रेस संसदीय दलको निर्वाचन बुधबार हुँदैछ भने त्यसका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ । संसदीय दलमा संस्थापन पक्षबाट भने शेरबहादुर देउवा उम्मेदवार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण