गगन थापाको निगरानी गर्न ‘विशेष ब्यूरो’का प्रहरी परिचालन
कांग्रेस महामन्त्री गगन थापामाथि संस्थापन पक्षले प्रहरी परिचालन गरेर निगरानी गरेको इतरपक्षले आरोप लगाएको छ । संसदीय दलको नेतामा उम्मेदवारी दिएका थापाको काठमाडौंको दुईवटा होटलमा रातभर निगरानी गरिएको हो । प्रहरी स्रोतका अनुसार लाजिम्पाट स्थित होटल एम्बेस्डर र नक्साल स्थित पाँचचारे होटल मेरियटमा थापा पक्षको गतिविधि निगरानी गर्न प्रहरी परिचालन गरिएको छ ।
निगरानीका लागि प्रहरी प्रधान कार्यालय स्थित विशेष ब्यूरोका प्रहरी खटिएका छन् । लाजिम्पाट स्थित होटल एम्बास्डरबाट थापाको सचिवालयमा कार्यरत सविन राज मुडभरीसहितका थापा समर्थकले दुईजना प्रहरीलाई समातेर सोधपुछ गरेका थिए । मंगलबार राति कांग्रेस समर्थकले सर्च गर्दा उनीहरुको साथमा प्रहरीको परिचयपत्र भेटिएको सविन राज मुडभरीले सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।
उनका अनुसार प्रहरी नायव निरिक्षक (सई) सरोज भण्डारी र जवान आशिष क्षेत्रीको परिचयपत्र फेला परेको छ । उनीहरु दुवैजना विशेष ब्यूरोमा कार्यरत छन् । विशेष ब्यूरोका प्रमुख डीआईजी अशोक सिंह हुन् । डीआईजी सिंहको आदेशमा गगनको निगरानीमा उनीहरु खटिएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारिले रातोपाटीलाई बताए ।
मंगलबार राति आफ्ना पक्षका नेता–कार्यकर्तासँग छलफलका लागि महामन्त्री थापा होटल एम्बेस्डर पुगेका थिए । छलफल सकेर उनी फर्किए । गगनको निगरानीमा नक्साल स्थित होटल मेरियटमा पनि प्रहरी परिचालन गरिएको छ । मेरियटमा उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी खटिएका छन् । अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराई हुन् ।
आज बिहान कांग्रेसको संसदीय दलको नेता चयनका लागि निर्वाचन हुँदै छ । निर्वाचनअघि उनको निगरानीमा प्रहरीको ‘दुरुपयोग’ भएको पाइएको हो । संसदीय दलको नेतामा संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा र इतर पक्षबाट महामन्त्री थापा उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण