महोत्तरीमा स्यालको टोकाइबाट छ जना घाइते
महोत्तरीमा मङ्गलबार स्यालले टोकेर एकै गाउँका छजना घाइते भएका छन् । स्यालले टोकेर पिपरा गाउँपालिका–७ वनौली गाउँका दुई महिला र चार पुरुष घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार घाइते हुनेमा स्थानीय ५० वर्षीय दिनेश ठाकुर, ६२ वर्षीय शिवशङ्कर साह, ५५ वर्षीय बिल्टु मण्डल, ५५ वर्षीय लुटन साह, ६५ वर्षीया सिनेहा देवी र ५५ वर्षीया रामतोला देवी छन् । गाउँको पश्चिमपट्टि रहेको विद्यापति डिह नजिकैको वनमा घाँस दाउराका लागि गएका उनीहरूलाई घर फर्किने बेलामा झुण्डमा आएका स्यालले आक्रमण गरेका थिए ।
घाइते शिवशङ्कर, सिनेहा र रामतोलालाई गए राति नै उपचारका लागि जनकपुरस्थित जानकी अस्पताल लगिएको छ । अन्य चार जनाको गए राति गाउँकै क्लिनिकमा प्राथमिक उपचार गरिए पनि आज बिहान थप उपचारका लागि जनकपुर लगिएको स्थानीय बैद्यनाथ चौधरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण