शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बालकथा : अति लोभको परिणाम

शुक्रबार, ०८ पुस २०७९, ०९ : ५८
शुक्रबार, ०८ पुस २०७९

नेपालीमा एउटा उखान छ ‘लोभीको भाँडो उभिन्डो’ । यसको आशय हो लोभ नगर्नु । यद्यपि लोभ मानिसको जन्मजात गुण हो, जुन नगरी बस्नै सकिन्न । जोजसले गर्नु हुँदैन भन्ने गरेका छन् वा भनिरहेका हुन्छन् उनीहरू नै बढीभन्दा बढी गरिरहेका हुन्छन् । किनकि लोभ नगरी जीवन नै चल्दैन । त्यसैले लोभ गर्नुपर्छ, नगर्ने भन्ने होइन तर त्यति हदसम्म मात्र गर्नुपर्छ जुन हदसम्म व्यवहार चल्दैन । चाहिनेभन्दा बढी लोभ गर्न लागे वा थाले जमिनको टिप्न खोज्दा पोल्टाको पोखिन्छ ।

धेरै पहिलेको कुरा हो एउटा जङ्गलमा एउटा ब्वाँसो बस्थ्यो । एक दिन आहार खोज्दै जाँदा एउटा मरेको मृग फेला पारेछ । लोभी त छँदै थियो त्यसमाथि भोको पनि किन खपिखानु हुन्थ्यो र । मृगको मासु चपाउँदा चपाउँदै कुन सड्को हड्डी गएर घाँटीमा अड्किन पुगेछ पत्तै पाएन । अब उसलाई आपद प¥यो । हड्डीका कारण थप खाने त कुरै छाडौँ सास फेर्न समेत गाह्रो पर्न थाल्यो । यद्यपि हड्डी निकाल्न यथासम्भव प्रयास नगरेको होइन तर केही लागेन ।

त्यसपछि त्यस्तो सहयोगीको खोजीमा लाग्यो, जसले हड्डी निकालिदियोस् तर यहाँ पनि नकाम रह्यो ।  जो पनि उसको कुरा सुन्ने बित्तिकै टाउको बटार्ने गर्थे । किनकि उसले यस अघि कसैको सहयोग गरेको थिएन । मेरो जीवन जसरी पनि चल्छ भन्थ्यो कसैको वास्ता गर्दैनथ्यो । अरूबाट सहयोग पाउन अरूलाई पनि परेको बेला सहयोग गर्नुपर्छ । अरूलाई आपद पर्दा वास्ता नगर्ने हो भने आफूलाई आपद पर्दा अरूले पनि त्यस्तै गरिदिन्छन् । आखिर संसार यस्तो बगैँचा हो, जहाँ जे रोपिएको छ त्यस्तै फल्छ । पीठो पैँचो दिएर चिनी फिर्ता पक्कै पाइन्न । विचरा ब्वाँसोलाई पनि यस्तै भयो ।

नजिक पुँडो सहयोगी कोही नभेटेपछि अर्को जङ्गलतिर लाग्यो । यसरी भौँतारिँदै हिड्दा एउटा खोलाको किनारमा बकुल्लालाई भेट्यो, जो माछा टिप्न ध्यान मग्न भएर बसेको थियो । त्यसपछि उसले बकुल्लाई आदरपूर्वक सम्बोधन गर्दै भन्यो–

‘मित्र ठूलो समस्यामा छु । सहयोग गरिदिनुहुन्छ भनेर आएको । यति उपकार गरिदिनुभए तपार्ईँको गुन कहिल्यै बिर्सने छैन ।’

अपरिचित आवाज सुनेर बकुल्लाले आँखा खोज्यो । अगाडि ब्वाँसोलाई देखेर दया देखाउँदै भन्यो–

‘कस्तो सहयोग हो भन्नुहोस् न । सक्ने भए अवश्य गर्नेछु ।’

त्यसपछि बकुल्लाले आफ्नो समस्या बतायो । कुरा सुनेर बकुल्ला डरायो । उसले मनमनै सोच्यो यसको घाँटीमा अड्केको हड्डी निकाल्न आफ्नो पूरै टाउको उसको मुखभित्र छिराउनुपर्ने हुन्छ । त्यतिबेला क¥याप्प पा¥यो भने के गर्ने । जति नै सज्जन जस्तो देखिए पनि आखिर हो त यो ब्वाँसो नै । यस्ताको के विश्वास हुन्छ । मलार्ई खानकै लागि यस्तो नाटक गरेको पनि त हुन सक्छ ।’

बकृुल्ला सोच्न लागेको देखेर ब्वाँसोले सोध्यो–

‘किन मित्र ! सोच्न लाग्नु भयो नि ? कि मेरो कुरामा विस्वास लागेन ?’

‘होइन मित्र ! कुरा त्यस्तो होइन । हड्डी अड्कको छ भन्नुभएको छ भने त्यस्तै होला तर धोका दिन चाहिँ पाउनु हुन्न नि ।’

‘राम राम ! के कुरा ग¥या त्यस्तो ? आफूलाई सहयोग गर्नेलाई पनि कसैले धोका दिन्छ ? बरू धोका होइन पुरस्कार पाउनु हुनेछु । जे माग्नुहुन्छ त्यही दिनेछु ।’

त्यसपछि बकुल्लालाई उसमाथि विश्वास भयो र टाउको कर्के पार्दै भन्यो–

‘पुरस्कारको के कुरा भयो र । सहयोग गर्न सकौँ । यही नै काफी छ । खोइ मुख आँ गर्नुस् त ।’

बकुल्लाको कुरा सुनेर ब्वाँसो निकै खुसी भयो र नजिकै आएर मुख आँ ग¥यो । जब बकुल्लाले आफ्नो घाँटी उसको मुखमा छिराएर हड्डी निकाल्ने प्रयास गरेको थियो ब्वाँसोको मनमा पाप पलायो र मुख च्याप्प पारी उसैलाई नै निल्ने प्रयास गर्न लाग्यो । अब बकुल्लालाई उसको चलाखी बुझ्न बेर लागेन तर यति बेलासम्म धेरै अबेर भसकेको थियो । उसले यसरी मुख च्याप्प पा¥यो कि सास रोकिएर बकुल्ला ठाउँको ठाउँ ठहरै भयो । उता बकुल्लाको अवस्था पनि यो भन्दा भिन्न भएन । उसको घाँटीमा हड्डी पहिल्यै थियो त्यसमाथि बकुल्ला पनि थपियो । अन्ततः ऊ पनि सास रोकिएर त्यहीँ ढल्यो । यसरी लोभी ब्वाँसोले बढी लोभ गर्दा अकालमै ज्यान गुमाउनुप¥यो ।

त्यसैले नीति भन्छ मूर्खको सङ्गत कहिल्यै नगर्नु । उसले आफूलाई त आपतमा पार्छपार्छ सङगतमा आउनेलाई पनि बाँकी राख्दैन । उपकार गर्नुपर्छ । यसैका लागि नै प्रकृतिले जीवन दिएको हो तर उपकार गर्दा पनि गर्नुभन्दा अघि सोच भने पु¥याउनुपर्छ । अन्यथा सबैले बकुल्लाको नियति भोग्नुपर्ने अवस्था आउन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप