जीवनभर गुनासो मात्रै गर्नुभयो भने जीवन गुनासोमै सकिन्छ : महामन्त्री थापा
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरूले गुनासो गर्ने नभई समस्याको समाधान खोज्नुपर्ने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले अहिलेका युवाहरू भनेको देशको भविष्य भएकाले विद्यार्थी युवावर्गहरुले समस्याको गुनासो गर्ने नभइकन समाधान गर्न के गर्ने भन्ने कुराको बारेमा सोच्न आवश्यक रहेको बताएका हुन् ।
उनले युवाहरू आलोचक बन्नु गलत नभएको तर आफ्नो, समाजको, आज र भविष्यको बारेमा सोचेर आलोचना गर्न उपयुक्त हुने बताए । उहाँले भन्नुभयो, ‘हामी कहिले काहीँ थाहा न नपाईकन क्रिटिकल भयौँ भनेर भन्दाभन्दै यङ मान्छेहरू थाहै नपाईकन सिनिकल हुन्छौँ । निन्दक र आलोचकमा धेरै ठुलो भिन्नता हुन्छ । तर आलोचक बन्दा बन्दै थाहै नपाईकन हामी निन्दक बनिसकेका हुन्छB}F । क्रिटिकल हुने भनेको कहिलेकाहीँ आफ्नो बारेमा पनि हुने हो । शिक्षक, स्कुल, समाजको, कम्युनिटी, आज, भोलिको बारेमा हुने हो । त्यो ठुलो स्ट्रेन्थ बन्छ । तर तपाई सिनिकल हुनुभयो भने तपाईंको सबैभन्दा ठुलो विकनेस बन्छ । जीवनभर कम्प्लेन मात्रै गर्नुभयो भने जीवन कम्प्लेनमा नै सकिन्छ ।’
महामन्त्री थापाले निन्दक मात्र बन्नु युवाहरूका लागि जीवनकै सबैभन्दा ठुलो कमजोरी हुने बताए । उनले अहिलेको युग प्रविधिको भएकाले अनलाइनमा बस्दा पनि सामाजिक सञ्जालहरूको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण