बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड नेतृत्वको सरकारमा को बन्ला अर्थमन्त्री ?

आइतबार, १० पुस २०७९, २३ : ३६
आइतबार, १० पुस २०७९

बाम–लोकतान्त्रिक गठबन्धन तोडिएर सरकार निर्माणका लागि नयाँ समीकरण बनेसँगै नेपाली राजनीति पुनः एक पटक तरङ्ंगित हुन पुगेको छ । करिब ३ वर्षे तिक्ततापूर्ण सम्बन्ध अन्त्य गर्दै नेकपा माओवादी केन्द्र र नेकपा एमाले सत्ता साझेदारीका लागि एक ठाउँमा उभिएसँगै नेपाली राजनीतिले नयाँ मोड लिन पुगेको हो ।

अन्ततः एमालेकै समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ बन्ने सरकारको प्रधानमन्त्री बन्ने भएका छन् । सरकार निर्माणमा प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादीबीच शक्ति बाँडफाँटमा कुरा नमिलेपछि प्रचण्डको नेतृत्वमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीसहितको सरकार गठन हुने भएको हो ,।

आइतबार बालुवाटारमा काँग्रेससँग सहमति भाँडिएसँगै एमाले अध्यक्ष ओली निवास बालकोट हानिएका प्रचण्ड आफ्नो नेतृत्वमा सरकार बनाउन सहमति जुटाएर फर्किएका छन् । आजै बहुमतसहितको सहमति पत्र बोकेर अध्यक्ष प्रचण्ड राष्ट्रपति भवन शितल निवास पुगे । योसँगै प्रचण्ड नेतृत्वको सरकार र भावी अर्थमन्त्रीलाई लिएर चर्चा समेत सुरु भएको छ ।

को बन्ला अर्थमन्त्री ?

मुख्यतः माओवादी–एमाले सत्ता समीकरणबाटै सरकार बन्ने भएपछि भाइटल मन्त्रालयको रुपमा रहेको अर्थ मन्त्रालयको नेतृत्व समेत यी दुई पार्टीमध्ये एउटाबाट हुनेछ । अर्थमन्त्रीका लागि मुख्य तीन पात्र दाबेदार देखिन्छन् । नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र एमालेबाट विष्णुप्रसाद पौडेल नै अर्थमन्त्रीका मुख्य दाबेदार हुन् । यद्यपि, अर्थमन्त्रीको कोटा माओवादीमै आए वहालवाला मन्त्री जनार्दन शर्मा फेरि पनि दोहोरिने संभावना उत्तिकै रहेको जानकारहरुको भनाइ छ । तर, उनी आफै दोहोरिनेमा भने ढुक्क छैनन् ।

छलफलकै क्रममा छौं : पूर्वअर्थमन्त्री पाण्डे

नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे कुन मन्त्रालय कसले लिने र को अर्थमन्त्री बन्ने भन्ने विषयमा आफूहरु छलफलकै क्रममा रहेको बताउँछन् । ‘प्रमुखतःः सत्ता साझेदारका दुई मुख्य दल एमाले र माओवादी भएकाले स्वाभाविक रुपमा अर्थमन्त्रीमा दुई दलकै दाबी रहन्छ । यसमा कसले पाउने भन्ने विषय अहिले नै टुंगो लागिसकेको छैन, हामी छलफलकै क्रममा छौंं,’ पाण्डेले रातोपाटीसँग भने ।

उसो त पाण्डे आफै निर्वाचनमा पराजित नभएका भए नेकपा एमालेबाट अर्थमन्त्रीका लागि प्रमुख दाबेदार हुन्थे । प्रतिनिधिसभा अन्तर्गत चितवन क्षेत्र नम्बर २ बाट चुनावी प्रतिस्पर्धा गरेका पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित भएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप