बालेन शाहको टिप्पणी : राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्ने तीनवटै सरकारमा
आइतबार, १० पुस २०७९, १९ : २७
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एमाले–माओवादी–राप्रपासहित ७ दलको सरकार बनेकोबारे कटाक्ष गरेका छन् । उनले राजा चाहिन्छ, चाहिँदैन र मार्छुसमेत भन्नेहरु मिलेर सरकार बनाउने काम भएको भन्दै कटाक्ष गरेका हुन् । उनले जसको सरकार बनेपछि नागरिक भने सँधै सास्तीमा रहेको पनि टिप्पणी गरेका छन् ।
‘राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधै सास्तीमा’, शाहले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् । आजै सात दलीय गठबन्धनबाट प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नियुक्त भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित सप्तरीबाट एक जना पक्राउ
-
विद्यार्थी सङ्गठनको संरचना हटाउने विषयमा त्रिविकै निकायबिच मतभिन्नता
-
हालान्डको नर्वेलाई रोक्ने आइभोरी कोस्टको नयाँ हतियार
-
सेयर बजारमा २४.६३ अंकको गिरावट, नेप्से २६ सय नजिक
-
एक महिनासम्म किन केन्द्रमा पुगेन कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवरण ?
-
देशैभर किन झ्याप्प–झ्याप्प गइरहेको छ बिजुली ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण