शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बालेन शाहको टिप्पणी : राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्ने तीनवटै सरकारमा

आइतबार, १० पुस २०७९, १९ : २७
आइतबार, १० पुस २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एमाले–माओवादी–राप्रपासहित ७ दलको सरकार बनेकोबारे कटाक्ष गरेका छन् । उनले राजा चाहिन्छ, चाहिँदैन र मार्छुसमेत भन्नेहरु मिलेर सरकार बनाउने काम भएको भन्दै कटाक्ष गरेका हुन् । उनले जसको सरकार बनेपछि नागरिक भने सँधै सास्तीमा रहेको पनि टिप्पणी गरेका छन् । 

‘राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधै सास्तीमा’, शाहले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् । आजै सात दलीय गठबन्धनबाट प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नियुक्त भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप