'म अपमानित भएर पोखरा आएँ, कांग्रेस ९९ बाट एकैचोटी तल झर्यो '
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू अपमानित भएर पोखरा आएको बताएका छन् । थापाले हिजोको राजनीतिक घटनालाई स्मरण गर्दै आफू सभापतिबाट अपमानित भएको उल्लेख गरेका हुन् । सोमबार पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा ‘राजनीतिमा समाजको ऐना’ बहसमा सहभागी हुँदै थापाले आफू अपमानित भएर पोखरा आएको जिकिर गरे ।
महामन्त्री थापालाई मोडरेटर वसन्त बस्नेतले तपाई पोखरा हारेर आउनुभएको कि जितेर ? भन्ने प्रश्न गरेका थिए । थापाले जवाफमा ‘यो भन्दा पछिल्लो सेसन केही जितेजस्तो केही हारेजस्तो भन्ने छ । त्यो ठ्याक्कै मलाई फिट हुने जस्तो छ । मलाई फिट हुने चाहिँ त्यो सेसन हो । मेरो आफ्नो व्यक्तिगत कुरा चाहिँ लुडोमा भर्याङ चढेर अलिकति माथि पुगेको, अनि विश्व दाइ र प्रदीपले समर्थन गरेपछि थप भर्याङ चढौँला भनेर सोचेको नागबाट एकैचोटी झरेर तल आएको जस्तो भएको छ,’ थापाले भने ।
उनले नेपाली कांग्रेस राजनीतिको शिखरमा पुगेर एकैचोटी तल पुगेको बताएका छन् । थापाले नेपाली कांग्रेसको कार्यकर्ता भएर हेर्दा कांग्रेस एकैचोटी तल खसेको टिप्पणी गरेका हुन् ।
‘नेपाली कांग्रेसको कार्यकर्ताको हिसाबले हिजोका घटना चाहिँ लुडोमा ९९ तिर पुगेपछि एउटा नाग हुन्छ नी, खेल्दै खेल्दै गएको त्यहाँ पुग्ने बेलामा एकैचोटी तल झरेको जस्तो भएको छ । व्यक्ति गत रुपमा म नढाँटी भन्छु । बिहानदेखि मैले सभापतिको फोन कुरिरहेको थिए । उहाँले कल गर्नुभएन,’ थापाले भने, ‘उहाँले गठबन्धनको बैठकमा पार्टीमा कुरा गर्छु भन्नुभएको रहिछ । तर, हामीसँगै कुरा गर्नुभएन ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण