शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् मन्त्रिपरिषद‍्का कान्छो मन्त्री

मङ्गलबार, १२ पुस २०७९, १७ : ५२
मङ्गलबार, १२ पुस २०७९

सोमबार गठित मन्त्रिपरिषद‍्मा ८ सदस्य रहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको हालको सुरुवाती मन्त्रिपरिषदमा उनीसहित ८ सदस्य रहेका हुन्  । 
मन्त्रिपरिषदमा हाल सवैभन्दा कान्छा मन्त्रीका रुपमा अब्दुल खान देखिएका छन् । जनमत पार्टीबाट समानुपातिक सांसद रहेका उनको उमेर ३५ वर्ष रहेको छ । आइ.एस्सी अध्ययन गरेर फार्मेसीमा स्नातक गरेका उनले  राजनीतिक शास्त्रमा एम.ए. गरेका छन् । 

बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ११ स्थायीबासी रहेका खान २०६८ सालदेखि राजनीतिमा लागेका हुन् । सिके राउतले नेतृत्व गरेको स्वतन्त्र मधेश अभियानमा लागेका उनी पटक पटक जेल समेत परेका थिए । 

३ दाजुभाइ मध्ये कान्छो रहेका उनको परिवार कृषि पेशामा आवद्ध छ। विनाविभागीय मन्त्री रहेका खानले आफूले उद्योग मन्त्री पाउने निश्चित भएको रातोपाटीलाई बताए । आफूले कृषि मन्त्रालय मागेपनि सो नपाएपनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको हैसियतमा कृषकलाई समयमा मलखाद दिलाउन लागिपर्ने उनले उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप