यी हुन् मन्त्रिपरिषद्का कान्छो मन्त्री
सोमबार गठित मन्त्रिपरिषद‍्मा ८ सदस्य रहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको हालको सुरुवाती मन्त्रिपरिषदमा उनीसहित ८ सदस्य रहेका हुन् ।
मन्त्रिपरिषदमा हाल सवैभन्दा कान्छा मन्त्रीका रुपमा अब्दुल खान देखिएका छन् । जनमत पार्टीबाट समानुपातिक सांसद रहेका उनको उमेर ३५ वर्ष रहेको छ । आइ.एस्सी अध्ययन गरेर फार्मेसीमा स्नातक गरेका उनले राजनीतिक शास्त्रमा एम.ए. गरेका छन् ।
बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ११ स्थायीबासी रहेका खान २०६८ सालदेखि राजनीतिमा लागेका हुन् । सिके राउतले नेतृत्व गरेको स्वतन्त्र मधेश अभियानमा लागेका उनी पटक पटक जेल समेत परेका थिए ।
३ दाजुभाइ मध्ये कान्छो रहेका उनको परिवार कृषि पेशामा आवद्ध छ। विनाविभागीय मन्त्री रहेका खानले आफूले उद्योग मन्त्री पाउने निश्चित भएको रातोपाटीलाई बताए । आफूले कृषि मन्त्रालय मागेपनि सो नपाएपनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको हैसियतमा कृषकलाई समयमा मलखाद दिलाउन लागिपर्ने उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाडा नतिर्ने ४५ उद्योगको लाइन काटियो, दुई सातामा ४२ करोड बक्यौता असुल
-
दैनिक साढे १३ अर्ब खर्च गर्नुपर्ने बाध्यतामा सरकार
-
चीनको कारखाना गतिविधिमा पुनः वृद्धि
-
कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको गति र भावना नमिलेसम्म परिणाम आउन सक्दैन : सभामुख
-
पूजा र ध्रुव बने रास्वपाको केन्द्रीय सदस्य, यस्तो छ अद्यावधिक विवरण
-
पाँच सय जनाले पाए सुधारिएको चुलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण