पूजा र ध्रुव बने रास्वपाको केन्द्रीय सदस्य, यस्तो छ अद्यावधिक विवरण
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले पूजा बास्तोला र ध्रुव थापामगरलाई केन्द्रीय सदस्यमा निर्वाचित गरेको छ ।
- बढी मत ल्याएर पनि निर्वाचित घोषणा नभएपछि बास्तोला र थापामगरले आयोगमा उजुरी दिएका थिए ।
- प्राविधिक त्रुटिका कारण उनीहरूको नाम छुटेको आयोगले जनाएको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय निर्वाचन आयोगले पूजा बास्तोला र ध्रुव थापामगरलाई केन्द्रीय सदस्यमा निर्वाचित गरेको छ । असार ७ देखि १२ गतेसम्म चितवनमा भएको रास्वपाको प्रथम महाधिवेशनमा बास्तोलाले प्रतिस्पर्धीको भन्दा बढी मत ल्याएर पनि आयोगले निर्वाचित घोषणा गरेको थिएन ।
यसैगरी समावेशीबाट उम्मेदवारी दिएका थापामगरलाई आयोगले निर्वाचित घोषणा गरेको थिएन । बढी मत ल्याएर पनि निर्वाचित घोषणा नगरेकोमा बास्तोला र थापामगरले आयोगमा उजुरी दिएका थिए । त्यही उजुरीका आधारमा सोमबार बसेको आयोगको बैठकले दुवै जनालाई केन्द्रीय सदस्यमा निर्वाचित भएको निर्णय गरेको हो । आयोगका सदस्य गोकुल सापकोटाका अनुसार प्राविधिक त्रुटिका कारण उनीहरूको नाम छुटेको हो ।
‘प्राविधिक त्रुटिका कारण त्यस्तो भएको हो । पुजाजीको हकमा समावेशी मिलाउन खोज्दा समस्या देखियो । गण्डकी प्रदेश गुरुङको बाहुल्यता भएको प्रदेश हो’, सापकोटाले भने, ‘त्यसैले विष्णु कुमारी गुरुङ(एकता)लाई ल्याउन खोजिएको थियो । तर उजुरी परेपछि अध्ययन गर्दै जाँदा उहाँ(पूजा)ले धेरै मत ल्याउनु भएको रहेछ । त्यही आधारमा त्रुटि सच्याएका हौँ ।’
मतदानमा बास्तोलाले ९१३ मत ल्याएकी थिइन् । तर उनको नाम समावेश नगरी बागलुङ–२ बाट निर्वाचित सांसद रहेका सोम शर्मालाई केन्द्रीय सदस्य बनाइएको थियो ।
यस्तो छ अद्यावधिक विवरण :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलमान खानले छाड्न लागेका हुन् ग्यालेक्सी अपार्टमेन्ट ?
-
रास्वपामा बालबालिकाको प्रयोग : पार्टी मौन, मानवअधिकार आयोग बेखबर
-
पूर्वशेफद्वारा काइली जेनरमाथि गम्भीर आरोप
-
सर्लाहीका निलम्बित मेयर भरत थापालाई साधारण तारेखमा राख्न आदेश
-
गृहमन्त्रीपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो
-
बारम्बार टन्सिल हुनुलाई सामान्य नठानौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण