आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

युवा संघका अध्यक्षको गम्भिर आरोप : महतो लेन्डुप दोर्जे, ठाकुर महेन्द्र चौधरी (भिडियोसहित)

बुधबार, २२ पुस २०७२, १७ : ०१
बुधबार, २२ पुस २०७२

काठमाडौं – युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले आन्दोलनरत मधेस केन्द्रीत दल र उनीहरुका नेताहरु सामन्तवादका नाइके रहेको आरोप लगाएका छन् । मधेसमा आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मार्चाका चार शीर्ष नेताहरुलाई इंगित गर्दै उनले मोर्चाले भारतको इसारामा नेपालको सीमानाकामा अवरोध पुर्याएको आरोप लगाएका हुन् ।

पहारीले भने ‘ मधेसी केन्द्रीत दलहरुले मधेसी जनतालाई जुकाले रगत चुसे जसरी चुसिरहेका छन् । मधेसी मोर्चाका नेताहरु शोषक समान्तवादका नाइके हुन् । भारतले मधेशी मोर्चाका नेतालाई उचालेर नेपालमा नाकाबन्दी लगाइरहेको छ ।’

उनले मोर्चाका नेताहरु भारतको इसारामा चलिरहेको बताउँदै नेपालमा विखण्डन ल्याउन उद्दत रहेको अरोप लगाए । ‘सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई भारतले लेन्डुप दोर्जे बनाएर नेपाललाई सिक्किमीकरण गर्न खोजिरहेको छ । महन्थ ठाकुरलाई महेन्द्र चौधरी बनाएर फिजिकरण गर्न खोजिरहेको छ । त्यो पनि भएन भने अर्को मान्छे उभ्याएर भुटानीकरण गर्न खोजिरहेको छ,’ उनले भने ।

कालोबजारीको विरोधमा नेपाल आयल निगमको कार्यालय अगाडि सत्तारुढ दल नेकपा एमालेको भातृसंगठन युवा संघले गरेको विरोध प्रदर्शनमा बोल्दै अध्यक्ष पहारीले भने, ‘अब त मूल्यबृद्धिको उचाईले सगरमाथालाई जितिसक्यो ।’ उनले आफूहरु बाध्य भएर सडकमा उत्रनु परेको जानकारी दिए ।

त्यस्तै, उपभोक्ता अधिकारकर्मी ज्योती बानियाँले युवा संघको विरोधमा ऐक्यबद्धता जनाउँदै यस्तो कार्यक्रम देशभर सञ्चालन गर्न आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप