तनहुँमा खुकुरी हानाहान : एकको मृत्यु, ३७ जना पक्राउ
आइतबार, ०३ माघ २०७२, १० : ०६
तनहुँ - गए राति व्यासनगरपालिका वडा नं २ स्थित मालपोत लाइनमा युवाबीच भएको झडपमा परी एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
उक्त घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले ३७ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । मृत्यु हुनेमा व्यासनगरपालिका – २ निवासी दिनेश थापा रहेको जिप्रका तनहुँका प्रहरी नायब उपरीक्षक राकेश सिंहले जानकारी दिनुभयो । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा साँझ ९ बजे दमौली अस्पतालमा मृत्यु भएको हो ।
उक्त घटनामा परी व्यासनगरपालिका – १० निवासी १७ वर्षीय रेगन थापा र१६ वर्षीय अरुण आले घाइते भएका छन् । उनीहरुको थप उपचारका लागि पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
-
जलवायु सङ्कट : हिमनदी र हिमपहिरोले लिँदैछ डरलाग्दो रूप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण