काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
सारांश
- काठमाडौँ उपत्यकासहित देशभर तापक्रम बढ्दै जाँदा राजधानीका विभिन्न इलेक्ट्रोनिक्स पसलहरूमा पङ्खा किन्ने उपभोक्ताको चहलपहल बढेको छ।
- महाबौद्ध क्षेत्रका इलेक्ट्रोनिक्स पसलहरूमा गर्मी बढेसँगै घर, कार्यालय तथा व्यापारिक प्रतिष्ठानका लागि पङ्खाको माग बढेको छ।
- बजारमा भारत र चीनबाट आयात गरिएका विभिन्न ब्रान्डका पङ्खा ७ सयदेखि ३५ सय रुपैयाँसम्ममा बिक्री भइरहेका छन्।
काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर तापक्रम बढ्दै जाँदा राजधानीका विभिन्न इलेक्ट्रोनिक्स पसलहरूमा पङ्खा किन्ने उपभोक्ताको चहलपहल बढेको छ।
विशेषगरी काठमाडौँको महाबौद्ध क्षेत्रमा रहेका इलेक्ट्रोनिक्स पसलहरूमा पछिल्ला दिनहरूमा पङ्खा खरिद गर्ने ग्राहकको सङ्ख्या उल्लेख्य रूपमा बढेको व्यवसायीहरूले बताएका छन्।
गर्मी बढेसँगै घर, कार्यालय तथा व्यापारिक प्रतिष्ठानका लागि पङ्खाको माग बढेको व्यापारीहरूको भनाइ छ। बजारमा मुख्यतः भारत र चीनबाट आयात गरिएका विभिन्न ब्रान्डका पङ्खा बिक्री भइरहेका छन्।
साधारण टेबल फ्यानदेखि स्ट्यान्ड फ्यान र वाल फ्यानसम्म उपलब्ध रहेको बजारमा पङ्खाको मूल्य करिब ७ सय रुपैयाँदेखि १ हजार ५ सय, १ हजार ६ सय रुपैयाँ हुँदै ३ हजार ५ सय रुपैयाँसम्म रहेको व्यापारीहरूले जानकारी दिएका छन्।
व्यापारीहरूका अनुसार केही साता अघिसम्म बिक्री सुस्त रहे पनि हाल गर्मी बढेसँगै दैनिक बिक्रीमा वृद्धि भएको छ। ग्राहकहरूले विशेषगरी कम विद्युत् खपत गर्ने तथा बढी हावा दिने पङ्खा रोज्ने गरेका छन्।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाभित्र खटपट र मन्त्री फेर्ने ‘हाउगुजी’का बिच ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक !
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण