राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
सोमबार, २५ जेठ २०८३, १० : २३
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो केन्द्रीय समिति बैठक विशेष कारणवश केही समय पर सारेको छ ।
- जेठ २८ र २९ गते हुने भनिएको बैठक अब असार ५ र ६ गते काठमाडौँमा बस्नेछ ।
- बैठकमा राजनीतिक, आर्थिक, सचिवालय प्रतिवेदन पेस हुने, समसामयिक समीक्षा, संविधान संशोधनबारे दृष्टिकोण, साङ्गठनिक सुदृढीकरण, अधिवेशन र महाधिवेशनको तयारीबारे छलफल हुनेछ ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय समिति बैठकको मिति केही समय पर सारेको छ ।
पार्टी प्रवक्ता मोहन श्रेष्ठले जेठ २८ र २९ गते हुने भनिएको बैठक विशेष कारणवश असार ५ र ६ गते काठमाडौँमा बस्ने तय भएको जानकारी दिए ।
बैठकमा राजनीतिक, आर्थिक एवं सचिवालय सम्बन्धि प्रतिवेदनहरू पेस हुने उनले बताए ।
बैठकमा समसामयिक परिस्थितिको समीक्षा, संविधान संशोधनका सम्बन्धमा पार्टीको दृष्टिकोण, साङ्गठनिक सुदृढीकरण, सबै तहको अधिवेशन, पार्टीको महाधिवेशनको तयारी एवं महाधिवेशनको मिति समेत तय हुने राप्रपाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
-
सुनको मूल्यमा गिरावट, चाँदीको भने बढ्यो
-
फिलिपिन्समा भूकम्पमा परेर ३ जनाको मृत्यु, ५ जना घाइते
-
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
-
के तपाईंको सम्बन्ध भावनात्मक रूपमा असुरक्षित छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण