कोहलीले तोडे डिभेलियर्सको रेकर्ड
मेलबर्न – भारतीय ब्याटसम्यान विराट कोहली एकदिवसीय क्रिकेटमा सबैभन्दा चाँडो ७ हजार रन पूरा गर्ने खेलाडी बनेका छन् । अस्ट्रेलियाविरुद्धको तेस्रो एकदिवसीय खेलमा कोहलीले सो रेकर्ड बनाएका हुन् । उनले १६९ औं एकदिवसीय खेलको १६१ औं इनिङमा सात हजार रन पूरा गरे । उनी अस्ट्रेलियाविरुद्धको सिरिजमा निकै फर्ममा रहेका छन् । पहिलो दुई एकदिवसीय खेलमा उनले क्रमशः ९१ र ५९ रन बनाएका थिए । यस खेलमा आउँदा उनलाई डिभेलिर्सको रेकर्ड तोड्न केवल १९ रनको आवश्यकता थियो । यसअघि डिभेलियर्सले १७२ औं खेलको १ सय ६६ औं इनिङमा उक्त रेकर्ड बनाएका थिए । दक्षिण अफ्रिकी कप्तानलाई यो रेकर्ड बनाउन एक दशक लागेको थियो भने कोहलीले ८ वर्षभित्रै यो रेकर्ड बनाए । यसअघि यो रेकर्ड भारतीइ कप्तान सौरभ गांंगुलीको नाममा थियो उनले १८० एकदिवसीय खेलको १ सय ७४ औं इनिङमा ७ हजार रन पूरा गरेका थिए । त्यसपछि यो सूचिमा बायर्न लारा (१ सय ८३ इनिङ), डेसमोन्ड हायेन्स (१ सय ८३ इनिङ), ज्याक कालिस ((१ सय ८८ इनिङ) र सचिन तेन्दुल्कर ((१ सय ८९ इनिङ) रहेका छन् । २७ वर्षीय कोहलीले २३ शतक र ३६ अर्ध शतक बनाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
-
जलवायु सङ्कट : हिमनदी र हिमपहिरोले लिँदैछ डरलाग्दो रूप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण