सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

पार्किङमा राखेको मोटरसाइकल तोडफोड गर्ने ३ जना पक्राउ

आइतबार, ०३ माघ २०७२, १३ : ०८
आइतबार, ०३ माघ २०७२

काठमाडौँ – पार्किङ गरी राखेको मोटरसाइकल तोडफोड गरेको अभियोगमा ३ जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा नरेफाँट बस्ने धादिङ घर भएका २६ बर्षीय विकास पन्त सहित ३ जना रहेका छन् । उनीहरुले शनिबार राति काठमाडौँ महानगरपालिका–३५ कोटेश्वर स्थित सिटि टावर अगाडी पार्किङ गरी राखेको वा.६५ प १०५३ नम्वरको सहित ५ वटा मोटरसाइकल तोडफोड गरेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

त्यस्तै, अवैध रुपमा पेट्रोलियम पदार्थ बिक्री बितरण गर्ने काठमाडौँ महानगरपालिका–३२ घट्टेकुलो बस्ने ३० बर्षीय पुष्प श्रेष्ठ र बागवजार बस्ने सल्यान लेखापोखरी– १ पाखापानी घर भएका २८ बर्षीय मोहलाल खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त सिहदरवारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई शनिबार घट्टेकेुलोमा अवैध रुपमा विक्री वितरण गरीरहेको पेट्रोल ,डिजेल र मट्टितेल सहित पक्राउ गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप